हेटाैडा \ ३० औं संस्था स्थापनाकाे दिवसको अवसरमा हेटाैडा ६ चाैघडामा रहेकाे जनकल्याण बचत तथा ऋण सहकारी संस्था द्वारा आयाेजित वक्तृत्वकला प्रतियाेगितामा सुनगाभा शिक्षा निकेतन चाैघडाकी दिव्यानी न्याैपाने प्रथम भएकि छिन । मर्यादित सहकारी समुन्नत समाज विषयक प्रतियाेगितामा बालज्याेति मावि हेटाैडा ५ कि अर्चना ठाडा मगर द्वितीय, जनप्रिय मावि हेटाैडा १६ कि एरपना चाैलागाई तृतीय र सिद्वार्थ मावि हृटाडा २ कि कृतिका मगरले सान्त्वना पुरस्कार प्राप्त गरेकि छिन ।
विजेता विधार्थीले प्रथम हुनेले नगद ५ हजार र प्रमाणपत्र, द्वितीय हुनेले नगद ३ हजार र प्रमाणपत्र, तृतिय हुनेले नगद २ हजार र प्रमाणपत्र र सान्त्वना हुनेले नगद १ हजार र प्रमाणपत्र प्राप्त गरे ।
संस्थापक अध्यक्ष बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम सहकारी का अध्यक्ष हिमाल पाैडेलकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
प्रतियाेगितामा संस्था अध्यक्ष हिमाल पाैडेल, सचिव राेम बहादुर न्याैपाने, काेषाध्यक्ष चेतनाथ खतिवडाले निर्णायककाे भूमिका निर्वाह गरेका थिए भने ९ वटा विधालयले भाग लिएका थिए ।

