ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्रीमितेरी बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको सम्मानमा सदस्य सम्मान तथा कम्प्युटर कक्षा तालिम समापन गरेको छ ।
शनिबार संस्थाको १९ औँ स्थापना दिवसको अवसरमा संस्थाले उत्कृष्ट बचत समूहतर्फ सरस्वती किटेनी बचत समूहलाई सम्मान गरिने घोषणा भएको छ । त्यस्तै जेष्ठ शेयर सदस्य ठुलीमाया भ्लोन, उत्कृष्ट शेयर खरिदकर्ता दावा लामा बल, असल बचतकर्ता मनमाया थोकर, असल बाल बचतकर्ता पेमा दोर्जे बल, असल ऋणी ठुलो कान्छा बललाई वार्षिक साधारण सभामा सम्मान गरिने संस्थाका सुचना अधिकारी उमेश बस्नेतले बताए ।
संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता तथा ईन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य शोभा कामी, रामकृष्ण कामी, वडा सदस्य सविना कार्की, संस्थाका संस्थापक अध्यक्ष उमेश बस्नेत, लेखा संयोजक मधुकर कार्की, निवर्तमान अध्यक्ष शान्तलाल लामालगायतको आतिथ्यता रहेको थियो ।
स्थापना दिवसकै अवसरमा तीन महिने कम्प्युटर कक्षा तालिमको समापन समेत गरिएको छ । तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको सूचना अधिकारी बस्नेतले बताए ।

