January 13, 2025
कार्तिक १३, २०७८

हेटौंडा \ हेटौंडा १२ पान्तालेमा रहेको महिला सेवा बचत तथा ऋण सहकारीले संस्थाले आफ्ना शेयर सदस्यमाझ २५ करोड ८ लाख २७ हजार १३४ कारोबार गरेको छ । शनिबार २१ औं वार्षिक साधारण सभा गर्दै वार्षिक कारोबार तथा प्रगती प्रतिवेदन पेश गरिएको थियो ।

हेटौंडा उपमहानगरका उपमेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यतामा भएको सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मिना चौरेलको विषेश अतिथ्यता रहेको थियो ।

No description available.

सहकारीले सभामा असल महिला समूहमा राप्ती महिला समूह, रचना महिला समूह, चेतनशील महिला समूह, पवित्रा महिला समूहलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा पुर्व सञ्चालक सदस्य जमुना ढकाल, दुई छोरीकी आमा खिलामाया थिङ, असल व्यवसायी हिराकुमारी नेपाली कामी, सुकुमाया घलान र नियमित बचतकर्ता एलिसा तामाङ र अधिक धेरै बचतकर्ता सुन्तलीमाया वाइवालाई सम्मान गरिएको थियो ।

No description available.

सभामा संस्थामा कार्यरत लेखा प्रमुख मिनाकुमारी थिङ र ऋण प्रमुख स्वस्तीना नेपाललाई उत्कृष्ठ कर्मचारी सम्मान गरिएको छ ।
सहकारीले आफ्ना शेयर सदस्यलाई २१ करोड ५८ लाख १७ हजार ५४८ लगानी गरेको छ भने शेयर सदस्यले सहकारीमा १५ करोड ५४ लाख ४९ हजार ६०३ बचत गरेका छन् । २ करोड २८ लाख ६९ हजार ७ सय शेयर पुजीँ रहेको संस्थामा ४ हजार ७ जना शेयर सदस्य आवद्ध रहेका छन् ।

No description available.

७ गतेबाट सुरु भएको साधारण सभा शनिबार समापन गरिएको हो । वडा नम्बर १२ का अध्यक्ष ललितकुमार घलान, कार्यपालिका सदस्य तथा संस्थाका उपाध्यक्ष रुक्मिणी स्याङ्तान, संस्थापक अध्यक्ष प्रेमकुमारी गौतम, कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, कोषाध्यक्ष सम्झना विडारी, लेखा संयोजक अचला शर्मा, बचत संघका व्यवस्थापक सुमित्रा वाईवा, लगायतको उपस्थिती रहेको थियो । सभा संस्थाका अध्यक्ष यसोदा पराजुलीको सभाध्यक्षतामा भएको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *