मकवानपुरगढी ५ कालिवनमा रहेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक सभा शुक्रबार भएको छ ।
सहकारीले ८ करोड ३१ लाख १८ हजार ५९७ को कारोबार गर्दै आफ्नो शेयर सदस्यलाई ६ करोड २३ लाख ८६ हजार ६८७ ऋण लगानी गरेको छ ।
८६ लाख ८४ हजार ४०० शेयर पुजीँ रहेको संस्थामा ५ करोड ८४ लाख ७७ हजार ३१४ बचत निक्षेप रहेको छ ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा भएको सभामा जिल्ला बचत संघका उपाध्यक्ष मिना चौरेलको विशेष अतिथ्यता रहेको थियो ।
सभामा सहकारीले जेष्ठ शेयर सदस्य गंगादेवी आचार्य, छलिदेवी केसी, शान्ता नेवार, छलिमाइ हुमागाई, लिला कुमारी हुमागाईलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कृष्ठ बचतकर्ता मैया ढकाल, असलऋणी लिलादेवी भट्ट, भगवती आचार्य, जमुनामाया स्याङ्बोलाई पुरस्कृत गरिएको थियो । सहकारीले उत्कृष्ठ समूह अध्यक्षमा निलकमल महिला समूहका बिमला गौतम र उत्कृष्ठ बाल समूहमा सिमलटार बाल समूहलाई पुरस्कृत गरिएको थियो ।
सहकारीले ६ गते सुरुभएको टोलटोलमा सभा गर्दै शुक्रबार सभा समापन गरिएको हो । सभामा वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, वडा नम्बर ६ का अध्यक्ष टिका प्रसाद दाहाल, संस्थापक अध्यक्ष सुन्तलीमाया पुडासैनी, निवर्तमान अध्यक्ष तथा लेखा संयोजक सुलोचना स्याङ्तान, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम दहाल, स्वारोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, पुर्व अध्यक्ष निर्मला न्यौपाने, शारदा माविका प्रअ तीर्थ खड्का लगायतको आतिथ्यता रहेको थियो । सभा संस्थाका अध्यक्ष देवकी चौलागाईको सभाध्यक्षतामा भएको थियो ।