हेटौंडा \ हेटौंडामा ७ दिने ब्युटिसियन तालिम समापन भएको छ । हेटौंडा ७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको महिला उप समितिको आयोजनामा सञ्चालित ७ दिने ब्युटिसियन तालि समापमन भएको हो । जेष्ठ २१ गते नगर प्रमुख मीना कुमारी लामाले उद्घाटन गरेको तालिम विहीबार समापन भएको हो । तालिममा संस्थाका ६५ जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सहकारीको ७ सिद्धान्त अन्तगर्त शिक्षा तालिम र सुचना रहेको सोही सिद्धान्त अनुसार संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वार्षिक कार्यक्रम निर्धारण गरि ,सहकारी शिक्षा ,सुचना तथा सीपमुलक तालिमहरु प्रदान गदै आईरहेको संस्थाका प्रवन्धक रामशरण गौतमले बताए ।
समापन समारोहमा ७ नं वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो । उनले सहकारीले प्रदान गर्ने यस्ता तालिमहरुले स्थानीय स्तरमा रोजगारको समेत सिर्जना गर्ने भएकाले सहकारीले बचत तथा ऋणमा मात्र केन्द्रित नभई यसैगरी शिक्षा तथा तालिम प्रदान आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउन भुमिका खेल्नुपर्ने बताए ।
समापन कार्यक्रम संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक रामशरण गौतम, उपाध्यक्ष विजय बहादुर बस्नेत, कोषाध्यक्ष पार्वती ढकाल,महिला उपसमिति संयोजक उर्मिला चौलागाई लगायतको उपस्थिती रहेको थियो । तालिममा सहभागीहरुलाई ब्यटिसियन उर्मिला अधिकारीले सहजिकरण गरेको संस्थाका सुचना अधिकारी सुशिल सुवेदीले बताए ।

