काठमाडौँ \ गभर्नर डा. विश्वनाथ पौडेलले बैंकर व्यवसायी छुट्ट्याउने विषय कानुनी रूपमा निरूपण गर्नु पर्ने बताएका छन्। सोमबार अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेकयमाथिको छलफलमा बोल्दै गभर्नर पौडेलले बैंकमा लगानी गर्नेहरू र व्यवसायी अरू देशमा फरक छन् भने नेपालमा पनि सो कुरा स्पष्ट हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशमा ऋणको प्रवाह र स्वार्थ उनले बैंकमा लगानी गर्नेले कर्जा लिन पाउने कि नपाउने ? कति लिन पाउने ? बैंकको संस्थापक वा सञ्चालक भनेको के हो ? लगायतका विषय ऐनले नै स्पष्ट पार्न खोजिएको छ। बैंकमा लगानी गर्नेहरू र व्यवसायी अरू देशमा फरक छन् भने हाम्रो देशमा फरक हुनुपर्छ की पर्दैन ? स्पष्ट हुनुपर्छ ।’

उनले देशमा ऋणको प्रवाह र स्वार्थको द्वन्द्वको स्थिति भइरहेको बताए । उनले त्यो परिस्थितिमा देखेको चुनौती के हो र त्यसलाई कसरी अगाडि लैजाने भन्ने सन्दर्भमा विधेयकले कानुनी रूपमा निरूपण गर्न खोजिएको बताए।