अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरूलाई वितरण गरिने घोषणा गरेका छन् ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले त्यस्तो घोषणा गरेका हुन् । त्यस्तै, समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीहरूको सम्पत्ति र राहदानीसमेत रोक्का राखिने उनले बताए ।

सरकारले शिक्षित युवालाई उद्यम गर्न विनाधितो २० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ । वार्षिक तीन प्रतिशत ब्याजदरमा उक्त कर्जा दिइने भएको हो ।

‘शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक याेग्यता, व्यवसाय दर्ता, परियोजना प्रस्तावका आधारका आधारमा विनाधितो दुईदेखि २० लाख ऋण तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिइनेछ,’ उनले बताए ।