हेटौंडा \ हेटौंडा २ संगमचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा दुई दिने कोन धुप बनाउने तालिम सञ्चालन गरेको छ ।
सहकारीले विभिन्न सप्ताव्यापी कार्यक्रम अन्तर्गत महिला सदस्यहरूका लागि लक्षित कोनधुप तथा बाटेको धुप बनाउने दुईदिने तालिम सञ्चालन गरेको हो । ११ गते र १२ गते सञ्चालन भएको तालिममा ३४ जना महिला ेयर सदस्यहरुको सहभागिता रहेको संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताईन् ।
संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा तालिमको सहजीकरण प्रशिक्षक अम्विका खतिवडाले थरेकी थिइन् । धुप बनाउने सीप सिकाउँदा आत्मनिर्भरता र सानो व्यवसाय सञ्चालनतर्फ प्रेरणा मिल्ने सहकारीले जनाएको छ ।
सहकारीले जेष्ठ ३ गते देखी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । १४ गते बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम र गोरक्षश्वर संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण गर्दै स्थापना दिवसको अवसरमा गरिने कार्यक्रमहरुको समापन हुने संस्थाका व्यवस्थापक सापकोटाले बताईन् ।

