♦ श्रीराम अर्जुन
हेटौंडा \ हेटौंडा २ संगमचोकमा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले १९ औँ स्थापना दिवस मनाएको छ । शनिबार एक समारोहका बीच सदस्यहरु सम्मान गर्दै स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री सिलवालले सहकारी अब उत्पादनसँग जोडेर कर्जा लगानी गर्नुपर्ने बताए । राष्ट्रमा अहिले सहकारीका धेरै समस्याहरु बाहिर आउन थालेका छन्, कतिपय सहकारीहरु बन्द गरेर फरार रहेको अवस्थामा सदस्यहरुको विश्वास जित्दै सदस्य लक्षित कार्ययोजना र लक्ष्य लिएर सहकारी अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले सदस्यहरु वन सँग जोडेर उत्पादनमूलक कार्यमा लाग्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले राजधानी केन्द्रीत सहकारीमा समस्या उत्पन्न हुन थालेकाले मकवानपुरमा पनि त्यसको प्रभाव बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । सहकारी भाग्ने, बचत फिर्ता नदिने, भाखा नाघेका ऋणको रकम धेरै हुने जस्ता समस्या देख्न थालेपछि सदस्यहरु बचत गर्ने कार्यक्रममा सहभागि हुन कम हुन थालेको महशुस रहेको देवकोटाले बताए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले सहकारीलाई जहिले पनि सरकारले थिचेको बताईन् । सरकारले नागरिक माथी गर्नुपर्ने विभिन्न दायित्वहरु सहकारीले गरिरहेको अवस्थामा धन्यवाद दिनुको साटो उल्टो सहकारीप्रति नागरिकको विश्वास घट्ने खालका विभिन्न ऐन नियम ल्याएर सहकारी माथी प्रहार गरिहेको बताईन् । मकवानपुरमा सहकारीको तरलता प्रतिशत बढ्दो अवस्था रहेको भन्दै सदस्यहरुलाई सरल र सहज रुपमा कर्जा पाइने हुनाले सहकारीबाटै ऋण लिन आग्रह गरिन् ।
कार्यक्रममा हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला, संस्थाका पूर्व अध्यक्ष नुरप्रसाद गौतम, नेफ्स्कुन हेटौंडाका सदस्य राजुप्रसाद गौतम, जिल्ला सहकारी संघका सदस्य भोगेन्द्र लुईटेल, राष्ट्रिय सहकारी बैंकका विक्रम पौडेल, यूवा साकोसका प्रतिनिधि बलराम घिमिरे, साइराम साकोस उपाध्यक्ष संचिता भट्टराई, संस्थाका कानूनी सल्लाहकार अरुणकुमार खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

विभिन्न सदस्य सम्मानित
स्थापना दिवसको अवसर पारेर सहकारीले विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले पत्रकारिता क्षेत्रमा खबरसहकारी डटकमका सम्पादक श्रीराम अर्जुनलाई सम्मान गरेको छ भने योग विज्ञ रामकृष्ण थापा र हेटौंडामा सडकमा भासिएर गाडी डुबेको घटनालाई लिएर आफु स्वंम उपस्थितीमा जोखिम लिएर मेशिन प्रयोग गरी फसिएको गाडी निकाल्न सफल भएकोले हेटौंडा १६का वडाध्यक्ष रामकृष्ण कोइरालालाई विशेष व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको थियो । त्यसैगरि कलाकार ईन्द्रजीत शर्मा चौलागाई, ईन्जिनियरतर्फ कृष्ण अधिकारी र भावुक नेपाल, उद्यमीतर्फ तुलसा दाहाल, सुचना श्रेष्ठ, सुजन श्रेष्ठ र प्रविणकुमार प्रसाईलाई सम्मान गरिएको थियो ।
यसैगरी सहकारीले २० जना असल बचतकर्तालाई सम्मान गरेको छ । सम्मानित हुनेमा बद्रीप्रसाद तिमल्सिना, अनन्त कुमारी अधिकारी, विन्दु माझी, सिर्मला पुडासैनी, डम्मर बहादुर देउजा क्षेत्री, रामप्रसाद रिमाल, तील माया राई शम्भुमान प्रधान, श्रीहरि पुडासैनी, राजीव मानन्धर, विवेक बोलखे गोविन्द बहादुर थापा, सुर्यप्रसाद गौतम, विमला केसी, सान्नानी न्यौपाने, यदुकुमार घिमिरे, मनकाजी घलान, केशवप्रसाद ढोडारी, प्रमिता विडारी र पवित्रा कुईकेल रहेका छन् ।

त्यस्तै, असल ऋणीतर्फ उद्धवबहादुर बानियाँ, प्रदीप कृष्ण श्रेष्ठ, कान्छाराम सुनार, ईन्द्रप्रसाद दहाल, रामप्रसाद पुडासैनी, लक्ष्मी धिताल, कृष्ण बहादुर घलान, राजेन्द्र अर्याल, प्रदीप लामिछाने, केशव सुवेदी, विन्दाकुमारी घ्यावा, नकुलप्रसाद चौलागाई, शंकर बहादुर खत्री, रामबहादुर डिम्डुङ, तेजकुमारी अस्थानी, सुर्यबहादुर दहाल, सरला पौडेल, रामबहादुर पाख्रीन, जनम लो र कपिल भण्डारीलाई सम्मान गरिएको थियो । तयस्तै, असल बालबचतकर्ता विभव राई, दिप्सन सापकोटा, अनुश्री न्यौपाने, अविज्ञाश्री चौलागाई र गरिमा दाहाल पनि सम्मान गरिएको थियो ।

स्थापना दिवसमा विभिन्न कार्यक्रम सञ्चालन
सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सहकारीले जेठ ३ गते बाल बचतकर्ताहरुको लागि हस्तलेखन र चित्रकला प्रतियोगिता आयोजना गरिएको संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले बताईन् । चित्रलेखन प्रतियोगितामा जानकी चौरेल प्रथम, सुविस्मा बोलखे द्धितीय, माहिर पराजुली तृतीय र पल्लवी तिमल्सिना सान्त्वना भएको व्यवस्थापक सापकोटाले बताइन् । त्यसैगरी हस्तलेखनमा ८ देखी १० वर्षको उमेरसमूहमा आर्यन दाहाल प्रथम, सिसम रायमाझी द्धितीय, आर्या दुलाल तृतीय र गरिमा दहाल सान्त्वना भएका थिईन् । १० देखी १२ उमेर समूहमा लक्ष्मी गूप्ता प्रथम, सिद्धार्थ राना द्धितीय, प्रजिता गौतम तृतीय र आरोही पौडेल सान्त्वना भएकी थिईन् । १२ देखी १५ वर्ष उमेरसमूहमा रेश्मा शिवभक्ती प्रथम, कौशिला पराजुली द्धितीय, श्रद्धा श्रेष्ठ तृतीय र रिदम पौडेल सान्त्वना भएको व्यवस्थापक सापकोटाले बताईन् ।

त्यस्तै, सहकारीले ८ गते बकैया गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा प्रविना नेपाली प्रथम, इन्द्रकुमारी स्याङ्बो द्धितीय, कन्चन थिङ तृतीय र अनुष्का थापा र सामना गोले भने सान्त्वना भएका थिए । प्रतियोगितामा विजेता भएकाहरुलाई आज पुरस्कार प्रदान गरिएको थियो ।
सहकारीले शनिबार सदस्य सम्मान र पुरस्कार वितरण सँगै संस्थापक, पूर्व समिति, हालको समिति, उपसमिति, कर्मचारी बीच समीक्षा कार्यक्रम समेत गरिएको छ । दिवसकै अवसरमा सहकारीले १२ गते दुई दिने कोन धुप बनाउने तालिमको आयोजना गरिनुका साथै १४ गते बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम र गोरक्षश्वर संस्कृत वेद विद्यालयलाई सहयोग हस्तान्तरण गर्दै स्थापना दिवसको अवसरमा गरिने कार्यक्रमहरुको समापन हुने संस्थाका व्यवस्थापक सापकोटाले बताईन् ।

