काठमाडौँ \ हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ र नबिल बैंक बिच प्रयोगकर्ताहरूका लागि अब थप सुविधा हुनेगरि सहकार्य भएको छ । अबदेखि नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने सुविधा उपलब्ध भएको हो।
यो सुविधा अन्तर्गत अब नबिल बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङबाटै केही सेकेन्डमा हाम्रो पे वालेटमा पैसा पठाउन सक्नेछन् र हाम्रो पेले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन् । यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास लिइएको छ।
हाम्रो पेमा नबिल बैंक लिङ्क गर्ने सुविधा पनि शीघ्र सुरु हुँदैछ। यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। यसले डिजिटल वालेट र बैंक खाताबिचको सम्बन्धलाई अझ सहज बनाउनेछ।

