हेटाैडा \ हेटाैडा- ६ चाैघडामा रहेकाे जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा आयाेजित विस्तारित बैठक शनिवार सम्पन्न भएकाे छ । संस्थाकाे चालू आव०८१\ ८२ काे स्वीकृत वार्षिक कार्यक्रम अनुसार हेटाैडा ८ कमनेमा रहेकाे शुभम पार्टी प्यालेसमा विस्तारित बैठक सञ्चालन गरिएको हाे ।
बैठकमा संस्थाका व्यवस्थापक दीपेन्द्र गाैतमले संस्थाकाे आर्थिक गतिविधि लगायतका विषयहरुमा जानकारी गराएका थिए । बिस्तारित बैठक संस्थापक अध्यक्ष बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम संस्था अध्यक्ष हिमाल पाैडेलकाे सभाध्यक्षतामा भएको थियाे ।
बैठकमा संस्था उपाध्यक्ष श्यामप्रसाद भट्टराई , सल्लाहकार बद्री बहादुर पाठक, प्रल्हाद शर्मा, आचार्य लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । बैठकमा सञ्चालक समिति, सल्लाहकार , शेयर सदस्य, कर्मचारी, सञ्चारकर्मी, महिला उपसमिति लगायतकाे सहभागिता रहेकाे थियाे ।
संस्थामा १ हजार ४२५ महिला शेयर सदस्य, १ हजार १३० पुरुष सदस्य र ८ वटा संस्थागत शेयर सदस्य रहेका छन । संस्थाकाे ०८१ चैत मसान्तसम्म शेयर रकम २ कराेड ६९ लाख , निक्षेप २६ कराेड ६२ लाख, ऋण लगानी २० कराेड ८० लाख गरि कुल पूजी ३३ कराेड २४ रहेकाे संस्थाले जनाएको छ ।

