हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा १२ पान्तलेमा रहेको आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा सदस्य शिक्षा कार्यक्रम गरिनुका साथै सदस्य सम्मान गरेको छ । बुधबार संस्थाको १९ औं स्थापना दिवस मनाउँदै दुई सदस्य सम्मान गरिनुका साथै सदस्य शिक्षा कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष सोममाया मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा वडा १२ का कार्यबहाक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा असल ऋणी मुनुमाया योन्जन र असल बचतकर्ता राधिका पौडेललाई सम्मान गरिएको थियो ।
चैत मसान्त सम्ममा सात करोड १३ लाख १७ हजार ३९ रुपैयाँको कारोबार गरेको गरेको सहकारीमा एक हजार ८३० जना सदस्य आवद्ध रहेका छन् । सहकारीले आफ्ना सदस्यलाई पाँच करोड ९० लाख ७२ हजार ५२३ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक गीता नेपालले बताईन् । पाँच करोड १४ लाख ९१ हजार ३२१ रुपैयाँ बचत निक्षेप रहेको सहकारीमा ७९ लाख ३७ हजार ८ सय शेयरपुजीँ रहेको व्यवस्थापक नेपालले बताईन् ।