हेटौंडा \ ६८ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा मनाइएको छ । बागमती प्रदेश राजधानी हेटौंडामा प्रदेश स्तरीय रुपमा दिवस मनाइएको हो । हेटौंडा १ चौकीटोलबाट विहान प्रभात फेरी गरी हेटौंडा बजार परिक्रममा गरेर हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो ।
मर्यादित सहकारीः समुन्नत समाज भन्ने नाराका साथ यसवर्ष ६८ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको हो । प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा समिति गठन गरिएको थियो । प्रभातफेरीमा जिल्लाका विषयगत सहकारीका संघ र संस्थाहरुको पोशाकमा सहित सहभागिता रहेको थियो ।
तस्विरः राजन घिमिरे/खबरसहकारी डटकम