हेटौँडा \  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडको संयुक्त आयोजनामा सोमबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–१०, टिसिएनरोडस्थित सिटिजन लाइफ इन्स्योरेन्सको शाखा कार्यालय परिसरमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेको भन्ने समाचार आएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत एवम् बागमती प्रदेश प्रमुख शिव कार्कीले जानकारी दिनुभयो ।