April 13, 2024
कार्तिक १०, २०७८

हेटौंडा \ हेटौंडा ११ नवलपुरमा रहेको बागेशवरी महिला बचत तथा ऋण सहकारी संस्थाको १३ औंं वार्षिक साधारण सभा बुधबार समापन भएको छ ।

आज एक कार्यक्रमका बीच सभा समापन गरिएको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ मकवानपुर फिल्ड उपसमितिका संयोजक विद्या कोइरालाको प्रमुख अतिथ्यतामा भएको सभा संस्थाका अध्यक्ष आशाकुमारी अधिकारीको अध्यक्षतामा भएको थियो ।

सहकारीले आफ्ना शेयर सदस्यलाई १४ करोड ६६ लाख १७ हजार १९९ ऋण लगानी गरेको छ । सहकारीले १५ करोड ४७ लाख ९५ हजार १०२ बचत जम्मा गरेको छ भने २ करोड ६ लाख ४५ हजार ९०० शेयरपुजीँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा जिल्ला बचत संघका सचिव विरेन्द्रप्रसाद ढुङ्गाना, वडा नम्बर ११ का वडा सदस्य जुना दाहाल, सल्लाहकार सिताराम बर्तौला, नवयुवा साकोसका अध्यक्ष हिमप्रसाद पौडेल, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारी, टोल विकास समन्वय समितिका वडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठ, संस्थाका लेखा संयोजक सीता सापकोटा, सहकारीका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ लगायत पदाधिकारी र उपसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

६ गते शनिबारबाट सुरु भएको सभा आज समापन गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *