काठमाडौँ \ चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल आन्तरिक कर्जा खुम्चिएको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेकामा समीक्षा अवधिमा १.३ प्रतिशत मात्रले बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबार प्रकाशित गरेको चालु आव २०८१/८२ को सात महिनाको तथ्याङ्क अनुसार वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २०.३ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.२ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो दाबी १०.१ प्रतिशतले घटेको भने मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.० प्रतिशतले बढेको छ ।