काठमाडौँ \ राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशगत रूपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौँमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिममले बैंकिङ काम प्रतिको ज्ञान बढाउनुका साथसाथै काम गर्ने दौरानमा कामप्रति स्मार्टनेस, सकारात्मकता र सेवाभाव झल्कने बताउनुभयो ।
उहाँले नवनियुक्त युवा कर्मचारीहरूलाई प्रतिस्पर्धी बजारमा खरो रूपमा उत्रनुका साथै जनताको असल सेवक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउनुभएको थियो ।