हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले शनिबार ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक दिवसीय पाठेघर क्यान्सर सम्बन्धी सचेतना मूलक कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष मीना थापाको अध्यक्षता तथा वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । संस्थाका समितिका पदाधिकारी र शेयर सदस्य गरी कार्यक्रममा ५५ जनाको सहभागिता रहेको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मुक्तानले बताईन् ।
हेटौंडा अस्पतालका स्त्री रोग विशेषज्ञ डा.रामकाजी महर्जनले सहभागिहरुलाई पाठेघरको मुखको क्यान्सरका लक्षण, रोकथामका उपाय, क्यान्सर पश्चातका उपचारका चरणबद्ध विधिबारे सहजिकरण गरेका थिए । सोही अवसरमा ६ जना पाठेघरको क्यान्सर पिडित विरामीलाई आर्थिक सहयोग वितरण गरिएको व्यवस्थापक मुक्तानले बताईन् । कार्यक्रममा डा..रामकाजी महर्जन, संस्थाका लेखा समिति संयोजक एंव जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा लगायतको आतिथ्यता रहेको थियो ।