सुर्खेत \  विपदबाट घर क्षति भएकालाई राहत दिन कर्णाली प्रदेश सरकारले ‘घर बीमा’ कार्यक्रम लागु गर्ने भएको छ । प्रदेशमा विपद्जन्य घटनामा नागरिकका आवास क्षति भएर घरबारविहीन हुने अवस्था आएपछि प्रदेश सरकारले उक्त कार्यक्रम सुरु गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

कर्णाली प्रदेश विपदको उच्च जोखिययुक्त क्षेत्र हो । गत वर्षमात्र जाजरकोटमा आएको भूकम्पका कारण हजारौँ घर क्षतिग्रस्त भए । यद्यपि पुनर्निर्माणमा ढिलाइ भइरहेका बेला प्रदेश सरकारले २० लाख रुपैयाँसम्मको आवासीय घरको बीमा गर्न यो कार्यक्रम लागु गरेको हो ।