हेटौंडा \ हेटौंडा ८ कमानेमा अवस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं रजतजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार बाल समूहबीचको हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

चन्द्रोदय माध्यामक विद्यालयमा सञ्चालित हाजिरीजवाफ प्रतियोगितामा चन्द्रोदय बाल समूह प्रथम, नमूना टोल विकासमा रहेको मकालु बाल समूह द्धितीय र  माउन्ट एभरेष्ट बाल समूह तृतीय भएको सहकारी संस्थाका व्यवस्थापक केशवकुमार शाहीले बताए । प्रतियोगितामा वडामा रहेका विभिन्न टोल विकास क्षेत्रमा गठन भएका ९ वटा बाल समूहले सहभागिता जनाएको शाहीले बताए ।

शिक्षा उपसमितिका संयोजक एंव संस्थाका कोषाध्यक्ष उमानाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष मोतिलाल लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चन्द्रोदय माविका शिक्षक, संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सहकारीले विहीबार बृहत सरसफाइक कार्यक्रम गरेको थियो भने ११ गते आइतबार चन्द्रोदय माविका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिने संस्थाका अध्यक्ष लामाले बताए ।

सहकारीले १७ गते शनिबार पुरस्कार वितरण, संस्थापक सम्मान तथा सम्पूर्ण कार्यक्रमहरुको समापन गरिनुका साथै संस्थाको १४९ संस्थापक सदस्यहरु मध्ये ५९ जना शेयर सदस्यलाई चादीँको जलप भएको रजत जयन्ती लेखिएको लकेट प्रदान गरि सम्मान गरिने अध्यक्ष लामाले बताए ।