हेटौंडा \ हेटौंडामा १९ जनाले रक्तदान गरेका छन् । हेटौंडा ८ कमाने स्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाकोे २५ औँ रजत जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष मोतीलाल लामाले बताए ।
सहकारीका अध्यक्ष लामाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा गरिएको थियो । संस्थाको कार्यालय परिसरमा भएको रक्तदानमा कार्यक्रममा संस्थाका पदाधिकारी, रेडक्रसका प्रतिनिधि, रक्त सञ्चार केन्द्रका प्रतिनिधि तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सहकारीले भोली(बुधबार) ७ गते १७ वटा टोल विकासका १०र१० जनाको सहभागितामा महिला पुरुषको समूहबीच डोरी तान्ने कार्यक्रम हुने अध्यक्ष लामाले बताए । ८ गते विहीबार ओमनगर औद्योगिक गेटबाट मेनरोड सरसफाई कार्यक्रम रहेको छ । ९ गते चन्द्रोदय माध्यामिक विद्यालयमा वडामा रहेका बाल समूहबीच हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिने अध्यक्ष लामाले बताए ।
यसैगरी ११ गते आइतबार चन्द्रोदय माविका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिने छ भने १७ गते शनिबार पुरस्कार वितरण, संस्थापक सम्मान तथा सम्पूर्ण कार्यक्रमहरुको समापन गरिने अध्यक्ष लामाले बताए । संस्थाको १४९ संस्थापक सदस्यहरु मध्ये ५९ जना शेयर सदस्यलाई चादीँको जलप भएको रजत जयन्ती लेखिएको लकेट प्रदान गरि सम्मान गरिने अध्यक्ष लामाले बताए ।