हेटौंडा \ हेटौंडा ८ कमानेमा अवस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीमा विविध कार्यक्रम गरेर मनाउने भएको छ । सहकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै विविध कार्यक्रम बारे जानकारी गराएको थियो । संस्थाका अध्यक्ष मोतीलाल लामाले संस्थाको २५ औँ रजत जयन्तीको अवसरमा ३ गते शनिबार विहान मोटरसाईकलद्धारा प्रभात फेरी कार्यक्रम गरिने बताए । वडा नम्बर ८ को विभिन्न क्षेत्र परिक्रममा गरी प्रभातखेरी कार्यक्रम गरिने उनले बताए ।
त्यस्तै, ६ गते मंगलबार संस्थाको कार्यालयमा विहान रक्तदान कार्यक्रम रहेको छ भने ७ गते १७ वटा टोल विकासका १०/१० जनाको सहभागितामा महिला/पुरुष डोरी तान्ने कार्यक्रम हुने अध्यक्ष लामाले बताए । ८ गते विहीबार ओमनगर औद्योगिक गेटबाट मेनरोड सरसफाई कार्यक्रम रहेको छ । ९ गते चन्द्रोदय माध्यामिक विद्यालयमा वडामा रहेका बाल समूहबीच हाजिरिजवाफ प्रतियोगिता आयोजना हुने अध्यक्ष लामाले बताए ।
यसैगरी ११ गते आइतबार चन्द्रोदय माविका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिने छ भने १७ गते शनिबार पुरस्कार वितरण, संस्थापक सम्मान तथा सम्पूर्ण कार्यक्रमहरुको समापन गरिने अध्यक्ष लामाले बताए । संस्थाको १४९ संस्थापक सदस्यहरु मध्ये ५९ जना शेयर सदस्यलाई चादीँको जलप भएको रजत जयन्ती लेखिएको लकेट प्रदान गरि सम्मान गरिने अध्यक्ष लामाले बताए ।
कार्यक्रमलाई करिब तीन लाख खर्च हुने अनुमान रहेको संस्थाका व्यवस्थापक केशबकुमार शाहीले बताए । बचत तथा ऋणको कारोबार सँगै सहकारीले दैनिक दुई सय लिटर तेल उत्पादन गरि हेटौंडा, काठमाडौं, चितवन लगायत अन्य शहरहरुमा विक्री गर्दै आइरहेको छ । सहकारीले माघ मसान्त सम्ममा सदस्यलाई ६ करोड २५ लाख कर्जा लगानी गरेको छ भने संस्थामा तीन करोड ६५ लाख बचत निक्षेप रहेको व्यवस्थापक शाहीले बताए । एघार सय सदस्य आवद्ध रहेको सहकारीमा एक करोड ६ लाख शेयरपुजीँ रहेको छ ।