काठमाडौँ \ १९ वटा बैंकले यो वर्षको साधारणसभा बोलाएका छन् । सञ्चालनमा रहेको बीस वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा आह्वान गरेका हुन् । यसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंक साधारणसभा हुन बाँकी छ ।

यसरी साधारणसभा हुन बाँकी बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । एनआईएमबीको फागुन १५ गते र एनआईशी एशियाको फागुन २२ गते साधारणसभा हुनेछ । एनआईशी एशियाले मंगलबारमात्रै साधारणसभा घोषणा गरेपछि यो संख्या १९ पुगेको हो । नेपाल बैंकले भने साधारणसभा बोलाएको छैन, बैंकले यो वर्ष लाभांश भने नदिने उल्लेख गरेको छ ।