February 19, 2025
माघ १६, २०८१

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा बेसार प्रशोधन सम्बन्धी तालिम कार्यक्रम भएको छ । बुधबार बुङ्दल सामुदायिक वन उपभोक्ता समूहको भवनमा बेसार खेती गर्दै आइरहेको बुङ्दल महिला कृषि आयआर्जन समूहका सदस्यलाई बेसार प्रशोधन सम्बन्धी तालिम प्रदान गरिएको हो ।

वन समूहको आयोजनामा भएको तालिमलाई जिल्ला कृषि सहकारी संघ मकवानपुरका व्यवस्थापक नरेश आचार्यले सहजीकरण गरेका छन् ।  वन समूहका अध्यक्ष भीमबहादुर अधिकारीको अध्यक्षतामा भएको तालिममा वन समूहका सल्लाहकार चन्द्रप्रसाद दुलाल, फेकोफन मकवानपुरका कार्यक्रम संयोजक सन्ध्या शिवाकोटी, आयआर्जन समूहका अध्यक्ष विन्दा लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

तालिममा भोली विहीबार बेसार प्याकेजिङ सम्बन्धी तालिम प्रदान गरिने वन समूहका अध्यक्ष भीमबहादुर अधिकारीले बताए ।  चार दिन सञ्चालन हुने तालिममा प्रत्येक दिन फरकफरक विषयमा तालिम प्रदान गरिरहेको उनले बताए । आयआर्जन समूहले वन क्षेत्रभित्रको खाली जग्गामा बेसार खेती गर्दै आइरहेको छ ।