January 13, 2025
पुस २७, २०८१

हेटौंडा \ हेटौंडा ८ कमानेमा अवस्थित किसान कल्याण बहुउद्देश्यी सहकारी संस्थाको अध्यक्षमा पुनः मोतिलाल लामा चयन भएका छन् । शनिबार भएको संस्थाको २५ औं वार्षिक साधारणमाबाट अध्यक्षमा लामा चयन भएका हुन् । समितिको उपाध्यक्षमा रमेशकुमार पौडेल सचिवमा कृष्णबहादुर श्रेष्ठ कोषाध्यक्षमा उमानाथ आचार्य चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कृष्णबहादुर श्रेष्ठ(क), रामप्रसाद ढकाल, गोपिनी खतिवडा, मीराकुमारी पौडेल, कल्पना विश्वकर्मा, कुमार बहादुर केसी र धनलक्ष्मी थापा चयन भएका हुन् ।

त्यस्तै, लेखा समितिको संयोजकमा यशोदा कुमारी उप्रेती चयन भएकी छिन् । समितिको सदस्यहरुमा भने टीका प्रसाद कंडेल र गोकर्ण तिवारी चयन भएका छन् ।

सहकारीले विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । सम्मानित हुनेमा संस्थापक अध्यक्ष ध्रुवराज पुडासैनी, जेष्ट सदस्य चेतनाथ आचार्य, मानबहादुर वयलकोटी, फूलबहादुर स्याङ्तान र सुनचरी स्याङ्तानलाई सम्मान गरिएको छ । त्यस्तै, धितोकर्जातर्फ सजिना डिम्डुङ, पदमा देवी थापा र नुरेशा खातुन, विना धितोकर्जातर्फ राजु योन्जन, मैया गुरुङ, गोकुल बहादुर चुनी, नियमित मासिक बचततर्फ उर्मिला नेपाल र मानबहादुर बललाई सम्मान गरिएको थियो ।

No description available.

त्यस्तै, सञ्चारकर्मीतर्फ सुजन ढकाल, विशेष सम्मानबाट गोतामे मुक्तान र धनबहादुर डिम्डुङलाई नगद सहित सम्मान गरिएको थियो । बाल बचततर्फ रिदम स्याङ्तान र प्रशन्ना भट्टराईलाई पुरस्कृत गरिएको थियो । एसइइतर्फ वर्षा लामा, एन्जिला थापा, प्रतिक गौतम, युनिशा आचार्य, सधिन बस्नेतलाई पुरस्कृ गरिएको थियो भने खेलतर्फ सौगात डिम्डुङलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका घिमिरे दहाल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, वडा सदस्य राजु मुक्तान, गोरखबहादुर राय, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सर्वोत्तम संचिति साकोसका उपाध्यक्ष हरिमाया ढकाल, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङलगायतको आतिथ्यता रहेको थियो ।

बचत ऋणको कारोबार सँगै तेल उत्पादन गर्दै आइरहेको सहकारीले आफ्ना सदस्यलाई ६ करोड २० लाख ५ हजार ८४३ रुपैयाँ कर्जा लगानी गरेको छ । एक करोड ३ लाख ६३ हजार ३ सय शेयरपुजीँ रहेको सहकारीमा तीन करोड ५६ लाख ९० हजार ६७६ रुपैयाँ निक्षेप रहेको व्यवस्थापक केशव कुमार शाहीले बताए । सहकारीले ८ करोड ९४ लाख ३० हजार ३४० रुपैयाँको कारोबार गरेको छ ।