January 13, 2025
पुस २६, २०८१

मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा अवस्थित तीलगंगा महिला बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक सभा शुक्रबार भएको छ । संस्थाका अध्यक्ष रादिका छत्कुलीको सभाध्यक्षता तथा कार्यपालिका सदस्य नन्दकुमारी विश्वकर्माको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

सभामा विभिन्न विधामा सदस्यलाई सम्मान गरिएको थियो । संस्थापक सदस्यतर्फ टीकाकुमारी अधिकारी, सेवकुमारी हुमागाईलाई सम्मान गरिएको थियो । त्यस्तै, सर्वाधिक बचतकर्ता नमिता घिमिरे, असल ऋणीतर्फ लालकुमारी श्रेष्ठ र बालबचतकर्तातर्फ शुलभ अधिकारी, श्रीजल दहाल र सुमिना परियारलाई सम्मान गरिएको थियो ।

सभामा अध्यक्ष छत्कुलीले संस्थाको प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । व्यवस्थापक सरिता तिमल्सिनाले आव ०८१८२ को अनुमानित आयव्यय प्रस्तुत गरिनुका साथै आगामी वार्षिक नीति तथा कार्ययोजनाहरु प्रस्तुत गरेकी थिइन् ।

सहकारीले आफ्ना शेयर सदस्यलाई एक करोड ६६ लाख ४५ हजार ११० रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेपमा एक करोड ४७ लाख ४३ हजार ९९६ रुपैयाँ रहेको व्यवस्थापक तिमल्सिनाले बताईन् । संस्थाको जगेडा कोषमा ८ लाख ६७ हजार ७५४ रुपैयाँ र शेयरपुजीँ १७ लाख ५६ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सभामा संस्थाका निवर्तमान अध्यक्ष कुलकुमारी छत्कुली, लेखा समिति संयोजक अम्बिका दुलाललगायतको आतिथ्यता रहेको थियो ।