January 13, 2025
पुस २६, २०८१

हेटौँडा \ बैंकको चर्को ब्याजदरले देशभरका व्यवसायीहरूलाई समस्यामा पारेको बेला, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटको नेतृत्वमा एक ऐतिहासिक आन्दोलन सम्पन्न भएको थियो । यो आन्दोलनले न केवल बागमती प्रदेशका व्यवसायीहरूको आवाज बुलन्द गर्याे, बरु देशभरकै व्यवसायीहरूको पक्षमा परिणाम ल्यायो ।
प्रमोद सिंह रानाभाटको संयोजनमा बागमती प्रदेशका सम्पूर्ण उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले हेटौंडा राजधानीमा भेला भई बुद्धचोकमा विशाल मानव साङ्लो निर्माण गरे । यस प्रदर्शनले सरकारलाई व्यवसायीहरूको मागप्रति गम्भीर हुन बाध्य पार्याे । यस आन्दोलनको प्रभावस्वरूप, बैंकहरूले आफ्नो सेवा एक दिनका लागि बन्द गर्नुपरेको थियो, जुन आन्दोलनको सफलताको प्रतीक बन्यो ।

आन्दोलनको नतिजा तुरुन्तै देखियो । भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रका प्रतिनिधि नेपाल उद्योग वाणिज्य महासंघसँग छलफल गर्दै चर्को ब्याजदर घटाउने सहमति गरे । यस निर्णयले देशभरका व्यवसायीहरूलाई राहत मात्र दिएन, बैंकिङ क्षेत्र र व्यवसायीहरूबीचको समन्वयको नयाँ आधार पनि तयार गर्यो ।
रानाभाटले यस आन्दोलनमा देखाएको साहसी नेतृत्व र व्यवसायीहरूको हितमा खेलेको महत्वपूर्ण भूमिकाले सबै व्यवसायीहरूबाट प्रशंसा पाए ।  उनले व्यवसायीहरूको हकहितमा जिम्मेवारीलाई सफलता र दृढताका साथ निर्वाह गर्दै संघर्षशील  नेतृत्वको परिचय दिएका छन् ।

बैंकिङ क्षेत्रमा सुधार ल्याउन र व्यवसायीहरूको हित सुनिश्चित गर्न प्रमोद सिंह रानाभाटको यो संघर्ष आज पनि एक प्रेरणाको स्रोत बनेको छ । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि उम्मेदवार रानाभाटले देखाएको प्रतिवद्धता र साहसले उनीप्रति व्यवसायीहरूको भरोसा झन् मजबुत बनाएको छ । व्यवसायीहरूको समस्या समाधान र उनीहरूको हित संरक्षणका लागि सशक्त नेतृत्वको आवश्यकता छ । व्यवसायीहरूको यो विश्वासकै कारण रानाभाट मकवानपुरको नेतृत्वका लागि उपयुक्त उम्मेदवार बनेका छन् ।

त्यो दिन फर्केर हेर्दा 
गत २०७९ फागुन २१ गते देखी ३० गते सम्म आन्दोलनका विरोध कार्यक्रमहरु सार्वजनिक भए । हामी कुनै दिन बैंकमा १ घण्टा त कुनै दिन २ घण्टा धर्ना बस्यौं, रानाभाटले भने । केही समय डिपोजिट बन्द गर्ने देखी सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्न समेत पछि परिएन । जति विरोधका कार्यक्रमहरु गरियो शान्तिपूर्ण बैंक बन्द गराएका थियौं उनले भने ।
प्रदेशका २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागितामा मेरै नेतृत्वमा हेटौंडामा बृहत शान्तिपूर्ण विरोध कार्यक्रम गर्न सफल भएका थियौं । मकवानपुरको नेतृत्वमा केन्द्रीय महासंघका प्रतिनिधिहरुले समेत सहभागिता जनाएको रानाभाटले त्यो दिन सम्झदैं बताए । त्यसबेला हाम्रो एजेण्डा नै  ब्याजदर बढाउने, अनावश्यक दुःख दिने, जग्गा लिलामीको चेतावनी दिने लगायतका कार्यले उद्योगी व्यवसायी दुःखमा परेको बेला शान्तिपूर्ण विरोध कार्यक्रमहरु गर्दै संघीय सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई चेतावनी दिइरहेका थियौं । मकवानपुरबाट सुरु भएको आन्दोलन पछि प्रत्येक जिल्ला नगर संघहरुले पनि गर्न थालेपछि  हामीले उठान गरेका मुद्दाहरूको सुनुवाई भएको उनी बताउँछन् ।

उम्मेदवारी दर्ताले व्यवसायीमा खुसी
कोभिड समय होस् या आर्थिक मन्दीको चपेटामा परेको अवस्था होस् उपाध्यक्षको हैषियतले जति गर्नुपर्नेको उहाँले हामी व्यवसायीहरुलाई सहयोग गरिरहनु भएको व्यवसायीहरुले बताएका छन् । शालिन भद्र स्वभावका रानाभाटले अबको नेतृत्व गर्नपर्छ भन्ने हामीलाई लाग्छ राप्तिरोडका एक व्यवसायीले भने । उहाँजतिको कर्मठ र लगनशील नेतृत्व पायौं भने सम्पूर्ण व्यवसायीको हित हुने छ उनले थप्दै भने । म जस्तै सयौं व्यवसायीको आशा भरोसा नै प्रमोद सिं रानाभाट हो ।
निर्वाचन प्रतिस्पर्धा कडा रुपमा रहन्छ । कसले बाजी मार्ला यो भन्न नसक्ने अवस्था छ अर्का एक व्यवसायीले भने, तर नेतृत्वमा चाहीँ रानाभाट आउँदाखेरि समग्र व्यवसायीलाई राम्रो रहन्छ । उनको काम गर्ने शैली, व्यवहार, आचरण पक्ष राम्रो रहेकाले शालिनता पनि हुनु टिम पनि बलियो रुपमा प्रस्तुत गर्नुले रानाभाटनै नेतृत्व रहनुपर्ने स्कुलरोडका एक व्यवसायीले बताए । उनकै टिमबाट ६ जनाले निर्विरोध निर्वाचित रहेकाले पनि हामी व्यवसायीको लागि रानाभाट आउँदा ज्यादैैैँ राम्रो हुन्छ ।

अटोदेखी स्वास्थ्य क्षेत्रमा समेत सक्रिय
रानाभाटको व्यवसायी यात्राको लामो इतिहास रहेको छ । २०२४ सालमा हजुरबुबा प्रताप सिंह रानाभाटले स्थापना गरेको अटो इन्जिनियर वक्र्स तेस्रो पुस्ता सम्म सञ्चालनमा आइरहेको छ । बुबा डम्बर सिंह रानाभाटले पनि उहीँ व्यवसाय सम्हाल्दै आएको र हाल प्रमोद सिंह रानाभाटले सम्हाल्दै आइरहेका छन् । बुबा पछि मैले २०५१ बाट अहिले पूर्ण स्वामीत्व लिई सञ्चालन गरिरहेको छु, रानाभाटले भने ।
रानाभाटले अटो ईन्जिनियरदेखी यातायात क्षेत्र साथै स्वास्थ्य क्षेत्रमा समेत लगानी रहेको छ । रानाभाट चुरेहिल सिएमसी हस्पिटलका बोर्ड अफ डाइरेक्ट समेत हुन् । उनले वीस जनाभन्दा बढीलाई रोजगार दिदैं उद्योग सञ्चालन समेत गर्दै आइरहेका छन् ।

सामाजिक क्षेत्रमा पनि सक्रिय
रानाभाट व्यवसाय सँगै सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व लिदैँ सामाजिक क्रियाकलापका रहदैँ आइरहेका छन् । व्यवसाय मात्र होईन समाज र सामाजिक क्षेत्रमा पनि तल्लीन हुनुपर्छ, उनले भने । व्यवसायीकै हकहितमा लाग्नुका साथै समाजमा हुने विभिन्न विपद् तथा  अप्ठ्यारो अवस्थामा सहयाग गर्दै आइरहेको छु । उनी हेटौंडा जेसीजको सन् १९९८ मा सदस्य लिई कोषाध्यक्ष भएर कार्यसम्पादन गरेका छन् । उनी लायन्स अफ भुटनदेवी सेन्टिनियलको २०२२ को नेतृत्व सम्म गरेका छन् ।

कोभिड १९को समयमा व्यवसायीहरुको क्षेत्रमा परेको असरलाई आफुले सक्दो साथ र सहयोग गरेको बताउँछन् । घरभाडाका समस्याका साथै सदस्य व्यवसायीहरुमा आउने विभिन्न समस्यामा समाधान गर्न आफु जहिले पनि सहयोग गर्दै आइरहेको रानाभाट बताउँछन्  । समग्र उद्योग वाणिज्य संघका साथै जिल्लामा रहेका वस्तुगत संघहरुलाई पनि समेट्दै अघि बढिरहेका रानाभाट आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका छन् । विहीबार आफ्ना प्यानलका कुशल, कर्मठ व्यवसायी र उद्योगीहरुको साथमा आफ्नो उम्मेदवारी दर्ता गरेपछि रानाभाटले भने म सधैं व्यवसायीकै पक्षमा थिए, अहिले छु र आगामी दिनमा पनि व्यवसायी र उद्योगीकै पक्षमा रहनेछु ।