January 13, 2025
पुस २३, २०८१

हेटौंडा \ मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घको ११ औं वार्षिक साधारणसभा मङ्गलबार भएको छ । सङ्घका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

सङ्घले विभिन्न विधामा सहयोग गर्ने संस्थाहरुलाइ सम्मान गरेको छ । सङ्घले रिद्घि सिद्धी सिमेन्ट प्रालि, सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्था, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, किसान कल्याण बहुउद्देश्यीय संस्था, जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाइ सम्मान गरिएको थियो ।

त्यस्तै सञ्चारकर्मीतर्फ सुनिल शिवाकोटी , नियमित बचतकर्तातर्फ राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था र उत्कृष्ट सहकारीतर्फ पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई प्रशंसा पत्र र दोसल्लाका साथ सम्मान गरिएको थियोे ।

May be an image of 6 people, dais, tree, temple and text

सभामा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासङ्घका सदस्य बद्रीप्रसाद लम्साल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटनष तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, हेटौंडा(९का वडा सदस्य विष्णु रानामगर, उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सर्वोत्तम संचिति साकोसका अध्यक्ष रामबहादुर बस्नेत, युसेस साकोसका अध्यक्ष उत्तम शर्मा ढकाल, लेखा समिति संयोजक रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।

No description available.

जिल्लामा ५० भन्दाबढि बहुउद्देश्यीय सहकारी संस्था रहेता पनि ३२ सहकारी सक्रिय रहेको र सङ्घमा २३ वटा संस्था आवद्ध रहेका छन् । १ लाख ४० हजार शेयरपुजीँ रहेको सङ्घमा २८ लाख ५ हजार ६४२ रुपैयाँ बचत रहेको छ । सङ्घको जगेडा कोषमा २ लाख १ हजार ३८५ रुपैयाँ रहेकोछ भने ३७ लाख ७ हजार ७१४ रुपैयाँको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ । सभामा अध्यक्ष न्यौपानेले सङ्घको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भावी कार्यक्रम र योजनाहरु प्रस्तुत गरेका थिए ।