मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थांको अध्यक्ष पदमा पुनः अर्जुन दाहाल निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेदवार कृष्ण प्रसाद पोखरेललाई ११२ मतको अन्तरले पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । निर्वाचनमा ३ सय ४१ मत खसेको थियो । जसमा दाहालले २ सय २३ मत प्राप्त गरेका थिए भने पोखरेलले १ सय ११ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदमा गोविन्द प्रसाद दाहाल निर्वाचित भएका छन् । उनले २ सय ३९ मतान्तरले पछाडी पार्दै कविता न्यौपानेलाई पराजित गरेका थिए । दहालले २ सय ८१ मत प्राप्त गर्दा न्यौपानेले ४२ मत मात्रै प्राप्त गरेकी थिइन् ।
जिल्ला प्रतिनिधि सदस्यमा नील प्रसाद न्यौपाने विजयी भएका छन् । उनले जनक रेग्मी लाई एक सय मतान्तरले पछि पर्दै विजयी भएका हुन् । न्यौपानेले २ सय १० मत पाउँदा रेग्मीले १ सय १० मत प्राप्त गरेका थिए । । जम्मा ३ सय ४१ मत खसेकोमा ७ मत बदर भएको निर्वाचन संयोजक सूर्यबहादुर गुरुङले बताए ।
संस्थाको संचालक समिति सदस्य तथा लेखा समिति सयोजक र सदस्य पदहरुमा भने निर्विरोध चयन भएको थियो । सञ्चालक सदस्य मधु विश्वकर्मा, दामोदर अधिकारी, शालिकराम सापकोटा, सुर्यमाया रुम्बा, शर्मिला तिमल्सिना, सरोज फयल चयन भएका छन् । त्यस्तै, लेखा समिति संयोजकमा रोमनाथ रेग्मी र सदस्यहरुमा बासुप्रसाद न्यौपाने र सरस्वती अधिकारी चयन भएका छन् । अध्यक्ष , उपाध्यक्ष र जिल्ला प्रतिनिधि सदस्य पदमा सहमति जुटन नसकेपछि आईतवार मतदान गरिएको थियो । सहकारीको मंसिर १५ गते ३७ औं वार्षिक साधारण सभा भएको थियो ।