January 13, 2025
पुस २१, २०८१

हेटौंडा \ मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका संघका उपाध्यक्ष प्रमोदसिं रानाभाटले आफ्नो प्यानल घोषणा गरेका छन् । आइतबार साँझ व्यवसायीहरुको भेलामा उनले आफ्नो उम्मेदवार घोषणासँगै सिंगो प्यानल समेत सार्वजनिक गरेका छन् ।

प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने गरी गरिएको विधान संशोधनसँगैको पहिलो पटकको निर्वाचन गर्मिलो रहेको छ । संघमा वाणिज्यतर्फ, उद्योगतर्फ र एशोसियटतर्फका उम्मेदवारहरु रहेका छन् । संघको यस वर्ष २ हजार ९७ जना मतदाता रहेका छन् ।  अघिल्लो निर्वाचनभन्दा करिब ८ सय मत यस वर्ष कम रहेको संघले जनाएको छ ।

रानाभाटले आफ्नो टिम घोषणा कार्यक्रममा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, सल्लाहकार नरोत्तम दहाल, सरोज खनाल, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी, संघका पूर्व अध्यक्षहरु हिटलर विषेत, केशव श्रेष्ठ, उत्तम शर्मा ढकाल, माधव रिसाल, अरुणराज सुमार्गी, महासंघका केन्द्रीय सदस्य एंव निवर्तमान अध्यक्ष कृष्ण कटुवाल लगायत संघमा आवद्ध विभिन्न वस्तुगत संघका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

रानाभाट नेतृत्वको प्यानलबाट यी उम्मेदवारहरुको उम्मेदवारी घोषणा गरिएको छ ।
अध्यक्षः प्रमोदसिं रानाभाट
महासचिव: प्रतिमा श्रेष्ठ
कोषाध्यक्षः श्रीकृष्ण कर्माचार्य(भाई)
सह-कोषाध्यक्षः निलम वैद्य

No description available.

वाणिज्यतर्फ
उपाध्यक्षः रामप्रसाद न्यौपाने
सचिवः कुलप्रसाद चौलागाई
सदस्यहरुः राजेन्द्र लामिछाने(राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल(रोशन), महिला आरक्षणमा  निलम बजगाई देवकोटा

No description available.

एशोसियटतर्फ 
उपाध्यक्षः उज्जवल चौलागाई
सचिवः माधव ज्ञवाली
सदस्यहरुः अंकिता सुमार्गी, नवराज खतिवडा र सुकृत पराजुली

No description available.

उद्योगतर्फ
उपाध्यक्षः दीपक उप्रेती
सचिव रुपकराज दहाल
सदस्यहरुःजगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, महिला आरक्षणमा सीतादेवी भेटवाल

वस्तुगततर्फ 
उपाध्यक्षः प्रदीप अर्याल
सचिवः राजाराम कार्की
सदस्यः कृष्ण अर्याल