मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आइतबार वित्तीय साक्षरता सम्बन्धी तालिम आयोजना गरिएको छ । बुङ्दल महिला कृषि आयाआर्जन समूहलाई एक दिवसीय वित्तीय साक्षरता तालिम प्रदान गरिएको हो ।
बुङ्दल सामूदायिक वन उपभोक्ता समूहको आयोजना र कृषि तथा वन सहज कार्यक्रमको सहकार्यमा तालिम गरिएको हो । आयआर्जन समूहका अध्यक्ष विन्दा गौतमको अध्यक्षता तथा वन समूहका अध्यक्ष भीमबहादुर अधिकारी, तालिम सहजकर्ता सहकारीकर्मी गीता नेपाल, कृषि तथा वन सहज कार्यक्रमका कार्यक्रम संयोजक सन्ध्या शिवाकोटीको आतिथ्यता रहेको थियो ।
महिला समूहको वार्षिक कार्यक्रम अन्तरगत वित्तीय साक्षरता कार्यक्रम गरिएको हो । सहजकर्ता नेपालले समूह केहो, बचत र ऋणका विषयवस्तु, साक्षी र जमानी, , समूह जमानतमा ऋणका विषयवस्तु, समूहहरु केका लागि खोलिन्छ भन्ने विषयबारे छलफल गरिएको थियो । बचत गर्नाले हुने भविष्यका फाइदाका साथै ऋणका विषयमा पनि सहजीकरण गरेकी थिइन् ।
महिला समूहले वन क्षेत्रमा बेसार खेती गर्दै बेसारलाई ब्राण्ड बनाएर २५ भन्दा बढीको समूह बनाएर काम गर्दै आइरहेका छन् ।