January 13, 2025
पुस २०, २०८१

हेटौंडा \ हेटौंडा ७ नागस्वती मुख्यकार्यालय रहेको हेटौंडा बचत बचत तथा ऋण सहकारी संस्थाको शनिबार २५ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको सभाध्यक्षा तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

आव २०८०/८१ को वित्तीय स्थिती विवरण अनुसार ६८ करोड ८३ लाख ९६ हजार १०८ रुपैयाँ बराबरको कारोबार गरेको छ । सहकारीले सदस्यलाई ५५ करोड २१ लाख ८७ हजार ९३३ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप ५४ करोड ६० लाख २७ हजार ५० रुपैयाँ संकलन गरेको व्यवस्थापक रामशरण गौतमले बताए । संस्थाको जगेडा कोषमा भने ४ करोड ८२ लाख ५७ हजार ७८३ रुपैयाँ रहेको छ । ७ हजार १४५ जना शेयर सदस्य रहेको सहकारीमा ४ करोड ७८ लाख ४३ हजार सात सय शेयरपुजीँ रहेको व्यवस्थापक गौतमले बताए ।

सहकारीले सभामा मासिक बचत बचततर्फ कल्पना कुमारी ढुङ्गाना, मैते राई, पदमकुमारी शर्मा, असल ऋणीतर्फ गोपीप्रसाद अधिकारी, रोशन सिलवाल, सीताकुमारी देवकोटा, बालबचततर्फ अग्रिमा भुजेल, सुविराज श्रेष्ठ र अदि केसीलाई सम्मान गरिएको थियो । त्यस्तै, ऐच्छिक बचततर्फ नीमा तामाङ्ग, दैनिक बचततर्फ जानुका लामा, मधुसुधन ढकाल, रोहिणीप्रसाद गौतम, आवधिक बचततर्फ चिरन्जीवी चौलागाई र संरक्षित पुजीँफिर्ता कोषतर्फ केशवप्रसाद ढकाललाई सम्मान गरिएको थियो ।

No description available.

सहकारीले एकैपटक सदस्य बनेका १० दम्पतीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पार्वती तिम्सेना र भोटुप्रसाद तिम्सेना, कृष्णप्रसाद र विनिता गौतम, सुकदेव दहाल र पवित्रा अर्याल, रेखा सुनार र गोपाल सुनार, कृष्णप्रसाद र रमादेवी दहाल, युवराज उप्रेती र देवी उप्रेती, भुपेन्द्र अधिकारी र अनिता सुवेदी, पुजन न्यौपाने र निर्मला थपलिया, चेतकुमारी न्यौपाने र पदमप्रसाद न्यौपाने, दीपक र सुर्यमाया बलामी रहेका छन् । सोही अवसरमा संस्थालाई आर्थिक सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएको भनी सेयर सदस्य विष्णुप्रसाद अर्याललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

No description available.

यसैगरी सहकारीले एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने ९ जना विद्यार्थी, प्लसटुका २ जना, स्नातक तहका ६ जना र स्नातकोत्तर उर्तिण गर्ने ३ जना गरी २० जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा सञ्चारकर्मीतर्फ भने मनिल महत्तोलाई सम्मान गरिएको थियो ।

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका सहायक शाखा प्रमुख समीर श्रेष्ठ, नेफ्स्कुन फिल्ड सदस्य हिरा ढुङ्गेल, संजीवनी साकोसका अध्यक्ष जानकी चौधरी, जनकल्याण साकोसका उपाध्यक्ष श्यामप्रसाद भट्टराई, किसान कल्याण बहुउद्देश्यीय सहकारीका अध्यक्ष मोतिराम लामा, साइराम साकोसका सचिव रामकुमार थापा, नागस्वती भेट्रान्स कलबका अध्यक्ष सोमबहादुर तितुङलगायतको आतिथ्यता रहेको थियो ।