हेटौंडा \ हेटौंडा २ बुद्धचोकमा रहेको परिचय बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौ वार्षिक साधारणसभा तथा पाँचौं अधिवेसन भएको छ । शनिबार संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभाले विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा ईश्वरी दाहाल, सचिवमा सुशान्त तिमल्सिना, कोषाध्यक्षमा भवनाथ दाहाल चयन भएका छन् । संस्थाको सदस्यहरुमा भने मोहन प्रसाद घिमिरे, बद्रीप्रसाद लम्साल, सुदर्शन खतिवडा, अन्नपूर्ण अमुगाई र अनिल बस्नेत चयन भएका छन् ।
समितिको लेखा समिति संयोजकमा लक्ष्मण पराजुली चयन भएका छन् भने सदस्यहरुमा दोलकुमारी दहाल र नेत्रमणि ईटिनी चयन भएका हुन् ।
सभाकै अवसर पारेर विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । उत्कृष्ट परिचय बोनस बचतकर्तातर्फ निर्मला साह बनियाँ, विकास कुमार दास र विशेष मानन्धर, उत्कृष्ट परिचय व्यवसायिक बचतकर्तातर्फ राधब न्यौपाने, बासुदेव सुवेदी, विकेश कुमार केशरी र अनन्तराज न्यौपाने, उत्कृष्ट परिचय आवधिक बचततर्फ अजयकुमार केशरी, स्मारिका केसी, हिराप्रसाद न्यौपाने, विशेष मानन्धरलाई सम्मान गरिएको थियो । त्यस्तै, परिचय नारी बचततर्फ सुनमाया घलान र लक्ष्मीमाया थिङ, परिचय लखपति बचततर्फ शान्ति तिमल्सिना र शर्मिला पुडासैनी, विशेष बाल बचततर्फ केशिका श्रेष्ठ, असल ऋणीतर्फ भने भीमकुमारी फुँयाल, दुर्गाकुमारी लामिछाने, प्रदीप साह, रवीन्द्रप्रसाद घिमिरे, उत्कृष्ट कर्मचारी सम्मानबाट बजार प्रतिनिधि अनिषा थापालाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हाम्रो गोर्खा साकोसका अध्यक्ष चक्रधर विडारी, मातृभूमि साकोसका अध्यक्ष नारायणप्रसाद लम्साल, लेखा समिति संयोजक विष्णुप्रसाद न्यौपाने, प्रतिफल साकोसका कोषाध्यक्ष यदुनाथ तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले आव २०८०/८१ मा १४ करोड २ लाख ५० हजार ९७७ रुपैयाँको वित्तीय अवस्थाको विवरण सभामा प्रस्तुत गरिएको छ । सदस्यलाई ९ करोड ३७ लाख ५ हजार, १७६ रुपैयाँ कर्जा लगानी गरेको छ भने संस्थाको बचत निक्षेपमा ९ करोड ९० लाख ८१ हजार ३८३ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक सुशान्त तिमल्सिनाले बताए । ४९१ जना शेयर सदस्य रहेको सहकारीमा ३ करोड १९ लाख ६४ हजार एक सय शेयरपुजीँ रहेको छ ।