January 13, 2025
पुस १८, २०८१

हेटौंडा \ जिल्ला बचत तथा ऋण सहकारी संघको अत्याधुनिक भवनको उद्घाटन गरिएको छ । संघको २० औँ स्थापना दिवसको अवसर पारेर विहीबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले समुद्घाटन गरेका हुन् । संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
मकवानपुरका विभिन्न स्थानीय तहमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको साझा छाता संगठनको रुपमा सञ्चालि संघले अब आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएको हो । सबै सहकारीलाई एकीकृत गर्दै बचत र ऋणको कारोबार गर्दै अब अझै सशक्त भएर अघि बढ्नुपर्ने दायित्व थपिएको संघका सचिव वीरेन्द्रप्रसाद ढुङ्गानाले बताए ।

May be an image of 7 people and hat

हेटौंडा—२ मा अण्डरग्राउड पार्किङ सेवा सहितको भवन निर्माण गरिएको छ । ३४ धुर क्षेत्रफलको जग्गामा २९ सय स्क्वाएर फिटमा निर्माण गरिएको ढुङ्गानाले बताए । साढे २ करोड लागत लागेपनि हामीले एक करोड २५ लाखमा ठेक्का दिएका हौं, सचिव ढुङ्गानाले भने । हाम्रो अझै धेरै काम रहेकाले भवन निर्माण सम्पन्नमा करिब साढे तीन करोड खर्च हुने अनुमान गरेका छौं ।

No description available.

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न सदस्य संस्था, स्थानीय तह लगायत अन्य व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै, उत्कृष्ट स्टल राख्ने सहकारी संस्थालाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सदस्यहरु बद्रीप्रसाद लम्साल, टेकप्रसाद चौलागाई, सुमन नेपाल, प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, राष्ट्रिय वीमा कम्पनीका अध्यक्ष दिनेश उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

संघले स्थापना दिवसकै अवसर पारेर सहकारीबाट उत्पादित वस्तु तथा प्रशोधित वस्तुहरुको ४१ वटा स्टलबाट बिक्री तथा प्रदर्शनी गरिएको थियो । १६ गतेबाट सुरु भएको प्रदर्शनी पनि आजै समापन भएको छ । प्रदर्शनीमा हस्तकला, खाद्य सामाग्री र डेरि परिकारका साथै सिन्धुलीको जुनार, मनहरी/राक्सिराङका बोडी, सिमी, मह, मास लगायत गेडागुडीहरु, ईन्द्रसरोवरका धुप, अमला, हर्रो, लप्सी, रुख टमाटर, सुन्तला, काउली, किवी राखिएको थियो ।

No description available.

त्यस्तै, विभिन्न किसिमका अचारहरु, गिफ्ट आइटम, हातले बुनेका चकटी, नाम्लो, मुढा लगायतका सामाग्री, रैथाने बाली कोदो फापरका पिठो पाइनुका साथै परिकारहरुको स्टल समेत रहेको छ । स्टलमा घ्यु, मह, पनिर लगायत दुधजन्य परिकार पाइनुका साथै दारको काठबाट बनेका ठेकीहरु प्रदर्शनीमा राखिएको छ । बेसार, तेल, चियापत्ति, थाकलबाट निर्मित टोपीहरु पनि स्टलमा राखिएको छ ।

No description available.

No description available.