मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित स्वरोजगार साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः धनकुमारी खड्का चयन भएकी छिन् । मंगलबार भएको १३ औँ वार्षिक साधारण सभा तथा ४ औं अधिवेसनबाट खड्का चारवर्षका लागि अध्यक्ष चयन भएकी हुन् ।
संस्थाका उपाध्यक्षमा भने चिनीमाया लुङ्बा चयन भएकी छिन् । सदस्यहरुमा भने सविना घिमिरे, जसोदा लम्साल, भीममाया तितुङ, सरस्वती तिमल्सिना, डेककुमारी कटुवाल, सरिता माया पाख्रिन र कल्पना सापकोटा चयन भएका छन् । समितिको लेखा संयोजकमा भने हिराकुमारी आचार्यको संयोजकत्वमा तीन सदस्य चयन गरिएको छ ।
संस्थाका अध्यक्ष धनकुमारी खड्को सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा उत्कृष्ट व्यवसायी गाईपालनतर्फ कमला ढुङ्गाना र तरकारी खेतीतर्फ निराकुमारी पाठकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, गाउँपालिका निवर्तमान अध्यक्ष विदुर हुमागाई, साना किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख भोलानाथ रेग्मी, प्रदेश कृषि सहकारी संघका सदस्य निर्मला लम्साल, जिल्ला उपाध्यक्ष रेखा खतिवडा, हटिया साना किसान कृषि सहकारीका अध्यक्ष कमला श्रेष्ठ, बसामाडी साना किसान कृषि सहकारीका सुनमाया दोङ, हाम्रो साना किसान कृषि सहकारीकाअध्यक्ष सुमित्रा नेगी, महिला कल्याण साकोसका अध्यक्ष पार्वती फुयाँल, जनहित स्वावलम्बन साकोसका अध्यक्ष खडानन्द न्यौपाने, मनहरी साना किसान कृषि सहकारीका प्रवन्धक ज्योति सुवेदी, संस्थाका सल्लाहकार जीतबहादुर घिमिरे, रामचन्द्र रेग्मी, सुन्तलीमाया पुडासैनी लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले आव २०८०/०८१ मा ११ करोड ४९ लाख २४ हजार १२९ रुपैयाँको कारोबार गरेको छ । एक हजार ३१ शेयर सदस्य रहेको सहकारीमा एक करोड २ लाख २७ हजार तीन सय शेयरपुजीँ रहेको छ । सहकारीले सदस्यलाई ८ करोड ८५ लाख ७३ हजार कर्जा लगानी गरेको संस्थाका प्रबन्धक गोमा माया लामाले बताईन् । संस्थामा तीन करोड २० लाख ६० हजार रहेको छ भने जगेडा कोषमा ७० लाख १३ हजार ५०६ रुपैयाँ रहेको लामाले बताईन् । सोही अवसरमा सहकारीले निर्माण गरेको तीन कोठे रसायनिक मल गोदामघर समेत उद्घाटन गरिएको छ ।