January 13, 2025
पुस १६, २०८१

तस्विर: श्रीराम अर्जुन

हेटौंडा \ हेटौंडामा तीन दिने प्रदर्शनी तथा मेला सुरु भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा मंगलबारबाट मेला सुरु भएको हो । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले एक समारोहका बीच मेलाको उद्घाटन गरेका थिए ।

No description available.

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब सहकारी उत्पादन सँग जोडिएर अघि बढ्नुपर्ने बताए । सहकारी कर्जा दिँदा पनि उत्पादन हेरेर आवश्यकता अनुरुप लगानी गर्न आग्रह गर्दै पछिल्लो समयमा सहकारीमा समस्या देखिन थालेका छन् । ती समस्याग्रस्त सहकारीलाई व्यवस्थापन गर्न सहकारी मन्त्रालयले कदम चालिसकेको मन्त्री श्रेष्ठले बताए ।

No description available.

प्रदेश सरकारले सहकारीको समस्यालाई नजिकबाट नियाल्नकै लागि छुट्टै मन्त्रालय खडा गरेको छ । प्रदेशभित्र कार्य क्षेत्र रहेका सहकारीलाई नियमन र व्यवस्थित गर्दै अर्थतन्त्रको तीन खम्बे नीति अनुरुप सहकारीलाई थप व्यवस्थित गरि लैजाने प्रतिवद्धता व्यक्त गरे । जसले गर्दा सहकारीद्धारा उत्पादित वस्तु तथा प्रशोधित वस्तुलाई उत्पादन र बजारलाई व्यवस्थित गर्न सक्छ भनेर हो । उनले वस्तु उत्पादन र बजारीकरण गर्दा रोजगार सिर्जना हुनका साथै आर्थिक स्तर समेत बढ्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको मन्त्री श्रेष्ठले बताए ।

No description available.

कार्यक्रममा प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले सहकारीबाट उत्पादित वस्तुको बजारीकरणका साथै भविष्यमा उद्योग नै सञ्चालन गर्नेगरी भावी योजनाहरु बनाउनुपर्नेमा जोड दिईन् । उत्पादित वस्तुलाई विस्तारै बजारमा ल्याउन सके सहकारीलाई थप टेवा पुग्ने बताउँदै स्थानीय तहले ती वस्तुलाई बजार सम्म ल्याउन समन्वय गरिनुपर्ने समेत बताईन् ।

No description available.

संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्साल, हेटौंडा वडा २ का अध्यक्ष विष्णुगोपाल महर्जन, बागमती प्रदेश साकोसका अध्यक्ष उद्धव सापकोटा, प्रदेश सहकारी रजिष्ट्रार कुमार तामाङ, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख रामप्रसाद भुषाल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक पुल्चोकका प्रमुख ध्रवराज विष्ट, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कंडेल, नेफ्स्कुन हेटौंडा प्रमुख ज्योति महत, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, सल्लाहकारहरु उत्तम शर्मा ढकाल, पार्वती राना, राष्ट्रिय सहकारी बैंक हेटौंडाका सहायक शाखा प्रमुख समीर श्रेष्ठ, नेपाल पत्रकार महासंघ अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

No description available.

प्रदर्शनी मेलामा मकवानपुरका विभिन्न सहकारीहरुले उत्पादित तथा प्रशोधित वस्तुहरु बिक्रीका लागि राखिएको छ । १८ गते सम्म सञ्चालन हुने प्रदर्शनीमा सिन्धुलीको जुनार, मनहरी÷राक्सिराङका बोडी, सिमी, मह, मास लगायत गेडागुडीहरु, ईन्द्रसरोवरका धुप, अमला, हर्रो, लप्सी, रुख टमाटर, सुन्तला, काउली, किवी राखिएको छ ।

No description available.

त्यस्तै, विभिन्न किसिमका अचारहरु, गिफ्ट आइटम, हातले बुनेका चकटी, नाम्लो, मुढा लगायतका सामाग्री, रैथाने बाली कोदो फापरका पिठो पाइनुका साथै परिकारहरुको स्टल समेत रहेको छ । स्टलमा घ्यु, मह, पनिर लगायत दुधजन्य परिकार पाइनुका साथै दारको काठबाट बनेका ठेकीहरु प्रदर्शनीमा राखिएको छ । बेसार, तेल, चियापत्ति, थाकलबाट निर्मित टोपीहरु पनि स्टलमा राखिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.