हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको अध्यक्ष पदका उम्मेदवार प्रमोदसिं रानाभाटले सोमबार मकवानपुरका सक्रिय सञ्चारकर्मीहरु सँग राय, सल्लाह सुझाव लिएका छन् । एक कार्यक्रमको आयोजना गर्दै रानाभाटले उद्योग वाणिज्य संघसँग जोडिएका र समग्र उद्योगी, व्यवसायीका विषयमा जानकारी लिँदै सञ्चारक्षेत्रको विषयमा पनि आवश्यक राय लिएका हुन् ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, उपाध्यक्ष हरि हुमागाई, जिल्ला शाखा अध्यक्ष बालकृष्ण अधिकारीको उपस्थिती रहेको थियो । जिल्लामा कार्यरत सक्रिय सञ्चारकर्मीहरुले अध्यक्ष पदका उम्मेदवार रानाभाटलाई चुनावी कार्यक्रमलाई भट्किलो, तटकभडक र रवाफशैलीमा नगर्न आग्रह गरेका थिए । सञ्चारकर्मीहरुले चुनावमा मात्र नभई संघले अघिपछि पनि सञ्चारकर्मीलाई साथ सहयोग गर्नुपर्ने बताएका थिए ।
रानाभाटलाई चुनावी बेलाका घोषणा पत्र पत्रमा मात्र नभई कार्यान्वयन गर्नेगरि अघि बढ्न सुझाव दिएका थिए । जुनसुकै क्षेत्रका व्यवसायी र उद्योगीको हक हितका साथै समस्याहरुको समाधानमा संघले साथ दिनुपर्ने जनाएका थिए ।
कार्यक्रममा रानाभाट प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको उपस्थिती रहेको थियो ।
सञ्चारकर्मीको सल्लाह सुझावलाई मनन गर्दै रानाभाटले छिट्टै टिम घोषणाका साथै प्रतिवद्धता पत्र सार्वजानिक गरिने बताए ।