![](https://www.khabarsahakari.com/wp-content/uploads/2024/12/sramik.jpg)
हेटौंडा \ हेटौँडा ४ मा अवस्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा विभिन्न विधामा सदस्यहरु सम्मान तथा पुरस्कृत गरिएको थियो ।
जसमा जेष्ठ सदस्यतर्फ हाजिरमान भुलुन र जगतमाया बासुकला, नियमित मासिक बचततर्फ राजकुमार भट्टराई र नीला सुवेदी, अधिकतम बचत गर्नेतर्फ विनोद कुमार पुडासैनी, ऋणमा धेरै व्याज तिर्नेतर्फ कमल श्रेष्ठ, नियमित ऋणको किस्ता तिर्नेतर्फ प्रविणा कुमारी कार्कीलाई सम्मान गरिएको थियो । त्यस्तै, एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने नीजि विद्यालय तर्फ सन्ध्या देउजालाई पुरस्कृत गरिएको थियो । सामूदायिक विद्यालय तर्फ भने निवेदन नपरेको संस्थाले जनाएको छ ।
सहकारीले सदस्यलाई १६ करोड चार लाख २३ हजार ७९७ रुपैयाँ कर्जा लगानी गरेको छ । तीन करोड १३ लाख ७५ हजार ६ सय शेयरपुजीँ रहेको सहकारीमा बचत निक्षेप भने १६ करोड ८५ लाख ८१ हजार ६१५ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक सुशीलचन्द्र शर्माले बताए । संस्थाको जगेडा कोषमा भने एक करोड ६६ लाख ७१ हजार ८२४ रुपैयाँ रहेको छ । संस्थाले २०८०÷०८१ मा २२ करोड ८१ लाख ८९ हजार ३०६ रुपैयाँ बराबरको कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव विजय बहादुर बस्नेत, नेफ्स्कुन उपसमिति सदस्य आशा अधिकारी, संस्थाका सल्लाहकार धर्मराज बस्नेत, मीनबहादुर प्रधान, पवि शर्मा, अर्जुन अर्याल, कानुनी सल्लाहकार केशवप्रसाद गौतम, संस्थाका पूर्व अध्यक्ष विष्णुप्रसाद दहाल, उद्योग संघका पूर्व अध्यक्ष माधव अधिकारी, लेखा समिति संयोजक हरिकुमार शर्मा लामिछानेलगायतको आतिथ्यता रहेको थियो ।