हेटौंडा \ किसानले उत्पादन गरेका सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले हेटौंडा–१७ का अध्यक्ष उद्धव सत्याल र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले हेटौंडा १३ को आधामार कृषक समुहलाई चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
कृषि एम्बुलेन्सको चाबी हस्तान्तर गर्नुहुदै नगर प्रमुख लामाले न्युनतम मुल्य राखेर सञ्चालन हुने एम्बुलेन्सका कारण यस क्षेत्रमा रहेका कृषकहरुको उत्पादनलाई सहज ढंगबाट बजार सम्म ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस अघि मंगलबार नै हेटांैडा उपमहानगरपालिकाले जिल्लाको पुर्वि भेगमा रहेको बागमती गाउँपालिकालाई विपद्धमा आवश्यक दमकल,सुमो, पिकअप सवारी हस्तान्तरण गर्नुभएको थियो ।
संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत पालिकामा चिस्यान सहितको कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाख रुपियाँमा थप गरी खरीद गरेको कृषि उत्पादन बोक्ने सवारीलाई कृषककै हातमा पठाएको लामाले बताउनु भयो । संघ बाट आएको पैसामा उपमहानगरको कार्यपालिका बैठकले थप रकम लगानी गरी खुल्ला प्रतिस्पर्धा मार्फत ३४ लाख ९० हजार रुपियाँको लागतमा खरीद भएको कृषि एम्बुलेन्सलाई कृषक समुहका अध्यक्ष फेन्चु लामालाई हस्तान्तरण गरीएको हो ।
गत आर्थिक वर्ष २०८०/०८१ मा खरीद गरीएको कृषि एम्बुलेन्स सञ्चालनका लागि उपमहानगरले सुचना जारी गरेपछि परेको २ वटा कृषक समुह मध्ये मुल्याङकनका आधारमा आधामारलाई योग्य मान्र्दै हस्तान्तरण गरीएको उपमहानगर कृषि शाखाका प्रमुख प्रदीप रेग्मीले बताउनु भयो । उहाँका अनुसार चिस्यान सहितको एम्बुलेन्स भएकाले फलफुल, तरकारी सहितको उत्पादनलाई स्वच्छ ढंगबाट बजार सम्म लैजानका लागि आधामार योग्य देखिएकाले सञ्चालनको जिम्मेवारी दिइएको हो ।