हेटौंडा \ हेटौंडा उपमहानगरपालिका ७ नागस्वती स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा हेटौंडा १ चौकीटोलमा रहेको ॐ बृद्धाश्रमलाई एक दिनको खानपिन वापत रु १५ हजार सहयोग प्रदान गरेको छ ।
सहकारीका सञ्चालक तथा कर्मचारीहरु आईतवार आश्रममै पुगेर सहयोग हस्तान्तरण गरेका हुन । २०५६ सालमा स्थापित सहकारीले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आईरहेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेत सचिव युवराज गौतम ,कोषाध्यक्ष पार्वती भट्ट व्यवस्थापक रामशरण गौतम लगायत सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
स्थापना दिवसको अवसरमा सहकारीले पौष ८ गते सञ्चालक कर्मचारी बीच अन्तरक्रिया, १० गते संस्थामा आवद्ध बालबचतकर्ताहरुलाई पिकनिक सहित अतिरिक्त क्रियाकलाप ,११ गते रक्तदान तथा १३ गते दीप प्रज्वलन सहित मिठाई वितरण गरिने संस्थाका सञ्चार प्रमुख सुशील सुवेदीले बताए ।