हेटौडा \ हेटौडा ६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार भएको छ ।
बागमती प्रदेश उधोग, वाणिज्य तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यता एवम सहकारी अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा संस्था अध्यक्ष ढुङ्गानाले संस्थागत प्रतिवेदन, लेखा संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र उपाध्यक्ष जयराम घिमिरेले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा सञ्चारकर्मी मणिराज गौतम, पुष्पराज अधिकारी, नियमित बचतकर्ता रामकुमारी देवकोटा, असली ऋणी राजु गौतम, ज्येष्ठ शेयर सदस्य हाजिरमान डिमडुङ र उत्कृष्ट किसानमा रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, संस्थापक अध्यक्ष राघव न्यौपाने, निवर्तमान अध्यक्ष भरत सापकोटा , हेटौडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाई, गरिबी निवारण सहकारी अध्यक्ष कृष्णप्रसाद सापकोटा , कामधेनु बहुउद्देश्यीय सहकारी उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।