January 13, 2025
मंसिर २२, २०८१

हेटौंडा \ हेटौंडा ६ चौघडामा अवस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको शनिबार २८ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर दहालको प्रमुख अतिथ्यता रहेको थियो ।

सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यहरु सम्मान गरेको छ । सहकारीले जेष्ठ नागरिकतर्फ सीतादेवी चौलागाई र चेतनाथ गौतम, मासिक बचत नियमिततर्फ भवानी अधिकारी र रामबहादुर राई, नियमित ऋणीतर्फ रीता कंडेल र रमेशकुमार बानियाँ, उद्यमी व्यवसायीतर्फ गोपाल दहाल र जमुनादेवी पराजुली दहाल, सदस्यता वृद्धितर्फ मधुकुमार दंगाललाई सम्मान गरिएको थियो ।

त्यस्तै, सञ्चारकर्मीतर्फ भवाना रिजाल, संस्थापक सदस्यतर्फ जीवकुमारी दंगाल, बद्रीबहादुर पाठक, भुपेन्द्रकुमार गौतम र बासुदेव अधिकारी, बाल बचततर्फ अदिति ओझा र आयान्स सापकोटा, समूह बचततर्फ पशुपति समूहका शारदा पौडेल, अशोकबाटिका समूहका अम्बिका अधिकारी, न्यूरेनी समूहका सुमित्रा खतिवडा पौडेल र सबन्दबासिनी समूहका दुर्गामाया उप्रेतीलाई सम्मान गरिएको थियो ।

No description available.

सहकारीले ११ जना दम्पती जोडीलाई समेत सम्मान गरेको छ । एसईइ परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने संस्थागततर्फ पुर्वाजा न्यौपाने र समर्पण न्यौपाने, सामूदायिक विद्यालयतर्फ विशेषता तिमल्सिना, प्रमिस थापा, प्रिति अधिकारीलाई पुरस्कृत गरिएको थियो । यसैगरी कक्षा १२ मा उत्कृष्ट हुने संस्थागततर्फ आयुषा गौतम र प्रनिश श्रेष्ठ, सामूदायिकतर्फ शारिका साह र शशांक वाग्ले, विशेष उपाधि प्राप्त गर्ने डा. अस्मिता ओली, डा. रैशा मैनाली र डा. प्रमिशा पौडेललाई सम्मान गरिएको थियो ।

May be an image of 7 people, people smiling, dais, hospital and text

सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, संस्थापक अध्यक्ष बासुदेव अधिकारी, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्र प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, संजीवनी साकोसका अध्यक्ष जानकी चौधरी, कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, नौलो विहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, चौघडा साकोसका उपाध्यक्ष त्रिविक्रम मानन्धर, संस्थाका निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, सल्लाहकार बद्रीबहादुर पाठक, प्रह्लाद शर्मा आचार्य, कानुनी सल्लाहकार मुकुन्दप्रसाद अधिकारी, लेखा समिति संयोजक दिपनराज आचार्य, रानी सामूदायिक वनका उपाध्यक्ष केशव धिताललगायतको आतिथ्यता रहेको थियो ।

दुई करोड ६० लाख ७४ हजार ६ सय शेयरपुजीँ रहेको संस्थामा एक करोड ५५ लाख ३६ हजार ४५४ रुपैयाँ जगेडाकोषमा रहेको संस्थाका व्यवस्थापक दीपेन्द्र गौतमले बताए । ३० करोड ९५ लाख ५० हजार ३२ रुपैयाँ बराबरको कारोबार गरेको सहकारीले सदस्यलाई २० करोड ११ लाख ३१ हजार २८६ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थामा बचत निक्षेप २४ करोड ६७ लाख ४० हजार २५० रुपैयाँ रहेको व्यवस्थापक गौतमले बताए ।