January 13, 2025
मंसिर १६, २०८१

ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलमा रहेको श्रीमितेरी बचत तथा ऋण सहकारी संस्थाले शनिबार प्रथम चौमासिक समीक्षा बैठक तथा अन्तरक्रिया गरेको छ ।
बैठकले कार्तिक मसान्तसम्मको प्रगति समीक्षा सँगै गत असोज १२ गते भएको  दैविक प्रकोप पिडीतहरुलाई लक्षित गरी नयाँ कर्जा सेवा विस्तार गर्ने निर्णय गरेको संस्थाका सुचना अधिकारी उमेश बस्नेतले बताए ।

संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा बसेको समीक्षा कार्यक्रममा लेखा समिति संयोजक मधुकर कार्की, पूर्व अध्यक्ष शान्तलाल लामा, सल्लाहकार विन्दु विष्ट, केशब कार्की, विभिन्न उपसमितिका संयोजक तथा पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैठकमा आव २०८१÷०८२को श्रावण महिनादेखी कार्तिक मसान्त सम्मको प्रगति र फागुन मसान्तसम्मको लक्ष्यबारे छलफल गरिएको थियो । कार्तिक मसान्त सम्ममा सहकारीको शेयरपुजीँ एक करोड ७० लाख ५४ हजार आठ सय रहेको छ भने जगेडा कोषमा एक करोड ३२ लाख ११ हजार २१५ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए ।

उनका अनुसार संस्थाले सदस्यलाई १३ करोड ३ लाख १८ हजार ८५७ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेपमा १४ करोड ४६ लाख ८२ हजार ७८८ रुपैयाँ रहेको बताए ।