हेटौंडा \ हेटौंडा–४ मा रहेको श्रीमित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औँ साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष भोला प्रसाद शर्मा खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खरेलले २५ जना शेयर सदस्यहरु मिलि स्थापना भएको सहकारीको आर्थिक वर्ष २०८००८१ मा शेयर पुँजी १ करोड ४२ लाख ६५ हजार १ सय रुपैयाँ रहेको छ ।
१ हजार १५ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको बचत २ करोड ५लाख ६९ हजार ८ सय २८ रुपैयाँ, ऋण लगानी ६ करोड २५ लाख ५१ हजार ८ सय ६४ रुपैयाँ रहेको सहकारीका व्यवस्थापक रामहरी खरेलले बताए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य हरीप्रसाद रिजाल र गीतादेवी खरेललाई सम्मान गरिएको थियो । यसैगरी असल बचतकर्तामा प्रेमलाल श्रेष्ठ र टिकानाथ शर्मा, असल ऋणीमा गोठबहादुर मगर र विनोद प्रसाद चौधरी र एसइइ परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने १२ जना शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, लगायतको आतिथ्यता रहेको थियो ।