December 12, 2024
मंसिर १२, २०८१

हेटौंडा \ छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय, हेटौंडाको आयोजनामा वित्तीय संस्थाको २४ औं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार मानवसेवा आश्रममा भोजन सामाग्री सहयोग वितरण कार्यक्रम गरिएको छ । हेटौंडा शाखाको शाखा प्रबन्धक भानुभक्त आचार्यले भोजन सामाग्री आश्रमका संयोजक हुमनाथ पौडेललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संस्थाका कर्मचारी तथा सोही स्थानका ग्राहक सदस्यको सहभागीतामा करिब २५ हजार बराबरको सामाग्री आश्रममा सहयोग गरिएको शाखा प्रवन्धक आचार्यले बताए ।  छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक क्रियाकलापको साथ साथै बिभिन्न सामाजिक क्रियाकलापहरु नमुना गाउँ कार्यक्रम, बिपन्न समुदायमा आवासको लागी घर निर्माण, वित्तीय साक्षरता कार्यक्रम, बिभिन्न समयमा स्वास्थ्य तथा आँखा शिविर, छात्रवृत्ति, सरसफाई आदीमा समेत उल्लेख्य भुमिका खेल्दै आइरहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था २०५८ सालमा स्थापना भई हाल ६७ जिल्ला मार्फत १९७ शाखा संजालबाट चार लाख १२ हजार ग्राहक सदस्य माझमा करिब ३६ अर्ब कर्जा लगानी र ३२ अर्ब बचत संकलन गरि वित्तीय कार्यक्रमको साथै ग्राहक सदस्यमाझमा नै सुत्केरी स्याहार कार्यक्रम, वित्तीय साक्षरता, छात्रवृत्ति, भलाइकोष, सदस्य÷अभिभावकको मृत्यु शोकमा सुरक्षणकोष कार्यक्रम, लगायत सामाजिक उत्तरदायित्व अन्तर्गतका सामाजिक कार्यहरु गर्दै आइरहेको प्रवन्धक आचार्यले बताए ।