हेटौंडा \ हेटौंडा १४ बंदेलधापमा अवस्थित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाको शनिबार १७ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष चन्द्रादेवी तामाङको सभाध्यक्षता तथा वडा नम्बर १४ का वडाध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यतामा सभा भएको हो ।
सभामा असलऋणीतर्फ विमला वाईवा, बचततर्फ रत्नकुमारी मोक्तान, उत्कृष्ट समूहतर्फ नयाँबस्ती लक्ष्मी समूहलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, पूर्व उपाध्यक्ष रामकुमार भोलोन, कोषाध्यक्ष पातलीमाया मोक्तान, सञ्चालक देवकी गौतम, लालुमाया रुम्बा, ललिता वाईवा, सुमिता मोक्तान, र कमला थिङ, लेखा सदस्य सरस्वती महर्जनलाई सम्मान गरिएको थियो ।
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामा, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य राजेन्द्रप्रसाद पौडेल, जनचेतना साकोसका अध्यक्ष ज्योति डोल्मा लामा, भूटनदेवी साकोसका अध्यक्ष चमेलीमाया सिंजाली मगर, लेखा संयोजक श्रीमाया थिङ, आधुनिक महिला जागृति साकोसका कोषाध्यक्ष अञ्जु घलान, संस्थापक अध्यक्ष सानु थिङ लामा, सल्लाहकार प्रेमबहादुर मोक्तानलगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले सदस्यलाई चार करोड ८० लाख ९२ हजार ८९९ रुपैयाँ कर्जा लगानी गरेको छ भने ५ करोड ४० लाख ३६ हजार १५० रुपैयाँ बचत निक्षेप रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाको जगेडा कोषमा १५ लाख ६९ हजार ९२८ रुपैयाँ रहेको छ । संस्थाको शेयरपुजीँ भने ८३ लाख ६८ हजार पाँच सय रहेको छ ।