December 12, 2024
कार्तिक २४, २०८१

हेटौंडा \ हेटौंडा १४ कालोपानीमा अवस्थित भूटनदेवी महिला बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष चमेलीमाया सिंजालीमगरको सभाध्यक्षता तथा १४ नम्बर वडाध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्तामा सभा भएको थियो ।

सभामा जेष्ठ सदस्य मैया थपलिया, ठुलीमाया भोम्जन, बच्छु बज्यू, ठुलीमाया स्याङ्तान, सीताराम स्याङ्तानलाई सम्मान गरिएको थियो । संस्थाको भौतिक विकासमा सहयोग पु¥याउन वडा अध्यक्ष दीपक खड्का, एक सेट कम्प्युटर सेट सहयोग प्रदान गर्नुहुने १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामा, सहकारीमा लामो समय सेवा गर्ने पूर्व कोषाध्यक्ष सविना आलेमगर, पूर्व सचिव रुपा उप्रेति, पूर्व लेखा समस्य निशा चौहानलाई कदरपत्रले सम्मान गरिएको थियो ।

No description available.

त्यस्तै, खुत्रुके बचततर्फ तृसा वाईबा, किशोरी बचततर्फ सुस्मिता थिङ, नियमित बचततर्फ पूतलीमाया रुम्बा, असलऋणी नीरा स्याङ्तान, दैनिक बचततर्फ बुद्धी बहादुर योन्जन, एकल महिलातर्फ सन्जमाया मोक्तान र उत्कृष्ट सक्रिय समूहमा रहर समूह पुरस्कृत गरिएको थियो ।

सभामा विनियम संसोधन गरी सहकारीलाई मिश्रित बनाउँदै अब सहकारीको नामाकरण भूटनदेवी साकोस रहने अध्यक्ष सिंजालीमगरले बताईन् । संस्थामा महिला पूरुष दुबैले शेयर सदस्य बन्न पाउनेछन् । सोही सभाले रिक्त रहेको सचिव पदमा कविना सापकोटालाई चयन गरेको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामा, मञ्जुश्री साकोसका अध्यक्ष चन्द्रादेवी तामाङ, जनचेतना साकोसका कोषाध्यक्ष सुष्मा स्याङ्तान, आधुनिक महिला जागृति साकोसका कमला मोक्तान, संस्थाका लेखा समिति संयोजक मीरा आलेमगर, संस्थाका सल्लाहकार शीवप्रसाद न्यौपाने, देवान सिं रुम्बा,खबरसहकारी डटकमका सम्पादक श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो ।

No description available.

५२ लाख ७७ हजार तीन सय शेयरपुजीँ रहेको सहकारीमा बचत निक्षेप ४ करोड ५४ लाख ९४ हजार ५७० रुपैयाँ रहेको संस्थाका व्यवस्थापक दिलमाया रुम्बाले बताईन् । संस्थाले सदस्यलाई चार करोड ३० लाख ४ हजार ७९८ रुपैयाँ कर्जा लगानी गरेका छ भने जगेडा कोषमा २४ लाख ४९ हजार ४९५ रुपैयाँ रहेको व्यवस्थापक रुम्बाले बताईन् ।