हेटौंडा \ हेटौंडा १२ पान्तले स्थित आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सोममाया मोक्तानको सभाध्यक्ष तथा हेटौंडा १२ का कार्यबहाक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा हेटौंडा उपमहानगरपालिकाका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य यसोदा पराजुली, राष्ट्रिय सहकारी बैंक हेटौंडाका समीर श्रेष्ठ, महिला सेवा साकोसका अध्यक्ष अचला शर्मा, महिला मिलन साकोसका अध्यक्ष मीना थापा, मञ्जुश्री सोकासका अध्यक्ष चन्द्रादेवी तामाङ, भूटनदेवी महिला साकोसका अध्यक्ष चमेलीमाया सिञ्जालीमगर, संस्थाका पूर्व अध्यक्ष कमला केसी, प्राकृतिक साकोसका अध्यक्ष बखान सिं घलान, पूर्व व्यवस्थापक अम्बिका न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
सभामा सहकारीले असलऋणीतर्फ चरीमाया मुक्तान र मायादेवी स्याङ्तान, असलबचतकर्तातर्फ बसन्ती मोक्तान, जेष्ठ सदस्यतर्फ सन्तमाया विक र गणेशकुमारी अर्याल, उत्कृष्ट महिला समूहतर्फ नमूना महिला समूह, एसईइमा उत्कृष्ट हुने सुहाना मग्रातीलाई सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाका पूर्व अध्यक्षद्धय बबिता लामा र कमला केसी, पूर्व व्यवस्थापक अम्बिका न्यौपानेलाई समेत सम्मान गरिएको थियो ।
सहकारीले आफ्ना सदस्यलाई पाँच करोड २६ लाख ६१ हजार ६२७ रुपैयाँ कर्जा लगानी गरेको छ । ७९ लाख ३७ हजार ९ सय शेयरपुजीँ रहेको सहकारीमा बचत निक्षेप ४ करोड ६५ लाख ४५ हजार ३३२ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक गीता कुमारी नेपालले बताईन् । एक हजार ७९५ जना शेयर सदस्य रहेको संस्थाको जगेडा कोषमा भने ३४ लाख ८६ हजार ३१५ रुपैयाँ रहेको छ ।
त्यस्तै, सभाले रिक्त रहेको लेखा समितिको संयोजकमा पूर्णिमा लावती र सदस्यमा पार्वती घलान चयन गरिएको छ भने संचालक समिति कोषाध्यक्षमा अन्जु घलान चयन गरिएको छ ।