ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेका श्रीमितेरी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १८ औं वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
संस्थाले सभाको अवसरमा असल ऋणीतर्फ पूर्णमाया बलामी, उत्कृष्ठ बचतकर्ता कमलमाया लामा, उत्कृष्ठ शेयर खरिदकर्ता रन्जना नगरकोटी, बाल बचतकर्ता रहित लामा लामा, जेष्ठ शेयर सदस्य पृथ्वी बहादुर थापामगर र उत्कृष्ट बचत समूहमा प्रभातकालीन बचत समूहलाई सम्मान गरिएको संस्थाका सूचना अधिकारी उमेश बस्नेतले बताए ।
संस्थाको शेयरपुजीँ एक करोड ६६ लाख ३७ हजार दुई सय रहेको छ । संस्थाको बचत निक्षेप १२ करोड ८६ लाख ६५ हजार ७३० रुपैयाँ रहेको छ भने खुद बचत मुनाफा ४४ लाख ८१ हजार ५९९ रहेको व्यवस्थापक सरोज थापामगरले बताए ।
सभामा गाउँपालिका निवर्तमान अध्यक्ष जीवन लामा, वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङ, वडा ४ का वडाध्यक्ष चन्द्रकुमार बल, सक्रिय महिला साकोसका अध्यक्ष श्रमिक लामा लगायत जनप्रतिनिधिहरु, सहकारी संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।