September 25, 2022
खवरसहकारी |  कार्तिक ६, २०७८  | 

हेटौंडा \ हेटौंडा ११ नवलपुरमा रहेको बागेशवरी महिला बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना शेयर सदस्यलाई १४ करोड ६६ लाख १७ हजार १९९ ऋण लगानी गरेको छ ।

सहकारीको १३ औं वार्षिक साधारण सभा गर्दै सहकारीले १५ करोड ४७ लाख ९५ हजार १०२ बचत जम्मा गरेको छ भने २ करोड ६ लाख ४५ हजार ९०० शेयरपुजीँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वव्डा नम्बर ११ का अध्यक्ष गोकर्णप्रसाद पराजुलीको प्रमुख अतिथ्यतामा भएको सभामा नवयुवा साकोसका अध्यक्ष हिमप्रसाद पौडेल, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारी, टोल विकास समन्वय समितिका वडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठ, संस्थाका लेखा संयोजक सीता सापकोटा, सहकारीका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ लगायत पदाधिकारी र उपसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष आशा कुमारी अधिकारीको सभाध्यक्षतामा भएको सभा आज शनिबारबाट सुरु भई १० गते बुधबार समापन गरीने सहकारीले जनाएको छ ।

यस सहकारी नेपाल बचत तथा ऋण बेन्द्रीय सहकारी संघको ३४ औं स्थापना दिवसको अवसरमा देशकै महिलाहरुबाट सञ्चालित सहकारी संस्थामा उत्कृष्ट सहकारीको रुपमा घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published.